१२ बुँदे घोषणापत्रसहित फोनिज प्रदेश भेला सम्पन्न 

१ महिना अघि

२0८१ श्रावण २८ सोमबार
१२ बुँदे घोषणापत्रसहित फोनिज प्रदेश भेला सम्पन्न 

उदयपुृर, साउन २८

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ )फोनिज)को प्रदेश भेला १२ बुँदे उदयपुरगढी घोषणापत्र जारी गर्दै सोमबार सकिएको छ । उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी गाउँपालिका केन्द्रमा आईतबार सुरु १ नं. प्रदेश भेला पत्रकार हक अधिकार, बृत्ति विकास, पहिचानी आन्दोलन र पर्यटन विकासप्रति प्रतिबद्धता जनाउँदै सम्पन्न भएको हो । 


फोनिज स्थापनाको २५ औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित प्रदेश भेलाले जारी गरेको ‘उदयपुरगढी घोषणापत्र ०८१’मा उदयुरगढीको पर्यटन प्रवद्र्धनबारे चासो लिदै विभिन्न सुझावसमेत दिएको छ । घोषणापत्रमा गाउँपालिका केन्द्रनजिकै निर्माणको अन्तिम चरणमा पुगेको पुरानो उदयपुरगढीसम्म जाने सडक स्तरोन्नति, पर्यटनमैत्री 
पूर्वाधार संरचना निर्माण र व्यवस्थापन गर्न सुझाएको छ । 


पुरानो गढीको ऐतिहासिक, पुरातात्विक, धार्मिक र सामरिक महत्वको संरक्षण र संबद्र्धन गर्दै आकर्षक पर्यटकीयस्थल निर्माण गर्न सकिने कुराको गाउँपालिकालाई स्मरण गराएको छ । त्यसका लागि गाउँपालिकाले ठोस कदम चाल्नुपर्ने निश्कर्ष भेलाले निकालेको छ ।
 

गढी र आसपासका पञ्चावती मन्दिर, भ्युटावर, टुडीकेल, भूगोलपार्क, परेवा झर्ना, काभ्रेपोखरी, चुरुम्फा भ्युटावरक्षेत्र, राधाजी मन्दिर, छेलो भन्ज्याङ जिल्लाकै प्रमुख पर्यटकीयस्थलहरु रहेको भन्दै तिनीहरुको संरक्षण, संबद्र्धन र विकास गर्न गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ । घोषणापत्रमा पर्यटन प्रबद्र्धनको माध्यमबाट गाउँपालिका आर्थिक, साँस्कृतिक, पुरातात्विन र सामाजिक रुपमा पनि समृद्ध हुने भएकाले यसको विकास, प्रबद्र्धन र आवश्यक प्रचारप्रसार गर्न भेलाले माग गरेको छ ।  


घोषणापत्रमा सत्यनारायणबहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष भएको पुष्टि भईसकेको भन्दै उनैलाई आधिकारिक संस्थापक मान्न केन्द्र नेतृत्वको ध्यानाकर्षण गराइएको छ । आदिवासी जनजाति पृष्ठभूमिका श्रेष्ठ संस्थापक अध्यक्ष हुँदाहुँदै अरुलाई संस्थापक मान्नु तमाम आदिवासीप्रति अपहेलना भएको ठहर घोषणापत्रमा गरिएको छ । 


भेलाले समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था अनुरुप सञ्चार ऐन, नीति तथा नियमावलीहरुमा सोही अनुसारको प्रतिनिधित्व सुनिश्चिन गर्दै सोही अनुरुपको समावेशी सञ्चार नीतिको व्यवहारिक कार्यान्वयन गर्न पनि राज्यको ध्यानाकषंण गराएको छ । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक प्रदेका सबै श्रमजिवी पत्रकारलाई कार्यान्वयन गर्न तथा पत्रपत्रिकालाई व्वस्थित बनाउन आर्थिक सहुलियत दिलाउन तीनैतहका सरकारसमक्ष माग घोषणापत्रमा गरिएको छ । 


त्यसैगरी प्रदेशमा मातृ (राष्ट्र) भाषामा प्रकाशित प्रशारित सञ्चार माध्यामको विकास र प्रबद्र्धन गर्दै निरन्तरताका लागि आर्थिक सशक्तिकरण र बृत्ति विकासमा ध्यान दिन स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष माग गरिएको छ । 


पत्रकारितामा कृयासिल आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, दलित, अपाङ्गता, महिला र पिछडा बर्गका पत्रकारको दक्षता बढाउन तालिम तथा लेखनबृत्ति उपलब्ध गराउन पनि भेलाले माग गरेको छ । राज्यले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापन सानो लगानीका सञ्चारमाध्यामलाई भेदभाव नगर्न घोषणापत्रमा माग गरिएको छ । 


प्रदेश १ को पहिचानी आन्दोलनमा ०७९ चैत ५ गते प्रहरी आक्रमणमा घाईते भई चैत १० गते उपचारको क्रममा सहादत प्राप्त गरेका महान् सहीद लाजेहाङ (पदम लिम्बु)प्रति उच्च सम्मान व्यक्त गर्दै प्रदेशको नाम ‘किरात लिम्बुवान’ वा ‘लिम्बुवान किरात’ राख्न जवारी पुनः नामाकरण आन्दोलनप्रति भेलाले ऐक्यबद्धता जनाएको छ । 


भेलामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नारायण बुर्जाले फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितमा उठाईरहेको माग जायज रहेको र पहिचानको आन्दोलनलाई दिदै आएको साथ र सहयोग उदाहरणीय रहेको बताए । मुलुकको सुशासन, समृद्धि र विकासका लागि पत्रकारहरुले निस्पक्ष र निर्भिक भएर कलम चलाउन आग्र गर्दै पूर्वमन्त्री मगरले राम्रा र जनपक्षीय मागहरु राज्यले संबोधन गर्नुपर्ने बताए । मगरले पहिचानको आन्दोलनमा फोनिजले खेलेको भूमिका हिजो र आज रामोभ एको भन्दै भोलि पनि अझ राम्रो र जनपक्षीय हुनेमा आफु विश्वस्त रहेको बताए । 


गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले उदयपुरगढीमा प्रदेशभरीका पत्रकार जमघट गराएकोमा फोनिज प्रदेश समितिलाई धन्यबाद दिदै यो भेला उदयपुरगढीको पर्यटन प्रबद्र्धनका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरे । प्रदेशका १४ वटा जिल्लाका अगुवा पत्रकारहरुको भेलाले उदयपुरगढीको पर्यटन विकासमा छलाङ मार्ने संभावना रहेको भन्दै उपाध्यक्ष खड्काले पत्रकारहरुलाई धन्यबाद दिए । 


निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले फोनिज भेलाद्वारा पारित घोषणापत्रमा उल्लेख भए अनुसार गाउँपालिकाले पर्यटन प्रबद्र्धन, पूर्वाधार संरचना निर्माण र सडक स्तरोन्नतिका कार्य अघि बढाउने प्रतिबद्धता जनाए । भेलापछि फोनिजकर्मीहरुको टोलीलाई उपाध्यक्ष खड्का र प्रवक्ता सहेक विश्वकर्माले पुनर्संंरचना हुँदै गरेको पुरानो उदयपुरगढी, टुँडीखेल, भ्युटावर, निर्माणाधीन प्रशासनिक भवन र अस्पताल भवन, पञ्चावती मन्दिर र आसपासका महत्वपूर्ण पर्यटकीय, ऐतिहासिक र धार्मिकस्थलहरुको अवलोकन भ्रमण गराएका थिए । 


दुई फोनिजकर्मीलाई पुरस्कारसहित सम्मान
उदयपुर, साउन २८

कार्यक्रममा दुईजना पत्रकार पुरस्कृत भएका छन् । अनलाईन र टेलिभिजनमार्फत पत्रकारितामार्फत निरन्तर आदिवासी जनजाति समुदायको हक अधिकारको पैरवी गर्दै आएको योगदानको उच्च मूल्यांकन गर्दै सुनसरीका धीरेन्द्रप्रसाद चौधरी र ओखलढुंगाकी दिलुमाया राईलाई पुरस्कारसहित सम्मान गरिएको हो । 

 

उनीहरु दुवैलाई जनही १० हजार २५ नगदसहित सम्मानपत्र प्रदान गरिएको आयोजक फोनिज प्रदेश कमिटी अध्यक्ष सन्तवीर लामाले बताए । पूर्वमन्त्री मगर, पत्रकार महासंघ प्रदेश उपाध्यक्ष हिमा चेमजोङ र उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले संयुक्त रुपमा उनीहरुलाई पुरस्कार तथा सम्मान व्यक्त गरे ।