एमाले र काँग्रेस छाडेर माओबादी प्रवेश 

१ महिना अघि

२0८१ श्रावण २६ शनिबार
एमाले र काँग्रेस छाडेर माओबादी प्रवेश 

साउने, साउन २६

नेपाली काँग्रेस र नेकपा (एमाले) ठूला दुईदलीय गठबन्धनबाट सरकार गठन भए पनि कार्यकर्तामा भने उत्साह पटक्कै देखिएको छैन । बरु नेता कार्यकर्ताहरु सत्तारुढ पार्टी छाडेर माओबादीमा प्रवेश गर्न थालेका छन् । 

 

यसै क्रममा त्रियुगा नगरपालिका १४ साउनेका आधादर्जन एमाले र काँग्रेस कार्यकर्ता नेकपा (माओबादी केन्द्र)मा प्रवेश गरेका छन् । शनिबार साउनेमा आयोजित माओबादी त्रियुगा नगर कमिटी १४ नं. वडाद्वारा आयोजित एक कार्यक्रममा एमालेका सशक्त कार्यकर्ताहरु पूर्णबहादुर राई, सुमन राई, सरिता मगर र कमल नेपालीलगायत आधादर्जन संख्यामा एमाले परित्या गरी माओबादीमा प्रवेश गरेका हुन् । सोही कार्यक्रममा नेपाली काँग्रेसकी कमला नेपाली पनि माओबादीमा प्रवेश गरिन् ।


कर्यक्रममा माओबादीका केन्द्रीय सदस्य मोहन खत्री (दिपक), जिल्ला समन्वय कमिटी संयोजक विनोद कटुवाल (दिवस), प्रदेश कमिटी सदस्य द्रोण पौडेल (निरज) र त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, १४ नं. वडाध्यक्ष हिमराज मगरलगायतले नवप्रवेशीहरुलाई खादा र अविर लगाएर स्वागत गरे । 


स्वागत गर्दै केन्द्रीय सदस्य दिपकले अहिले नेपालको राजनीतिमा सबै एजेण्डा माओबादीको चलिरहेको बताउँदै यो प्राप्त उपलब्धीलाई थप मजबुद बनाउन देशवासी जनता एकजुट भएर लाग्नुपर्ने बताए । उनले अघिल्लो प्रचण्ड सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियान, सुशासन र जनपक्षीय कामबाट आत्तिएर एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवा रातारात एक भएर सरकार ढालेको बताए । 


विचौलिया र माफियाहरुको संलग्नतामा लोडसेडिङ गराएर वर्षाँैदेखि नेपाली जनतालाई अँध्ष्यारोमा राख्ने अवस्थाबाट लोडसेडिङ हटाएर उज्यालो दिने कुलमानलाई हटाउन खोजेर सरकारले भ्रष्ट कालो कर्तुत देखाईरहेको उनले बताए । गरिव निमुखा १ लाख ४८ हजार नेपाली जनताको लाईन काट्ने तर, अर्बौँ बब्यौता नतिर्ने ७ जना भ्रष्ट व्यापारीको लाईन जोड्न दबाब दिँदा नमानेकाले कुलमान घिसिङलाई हटाउन खोजेको उनको आरोप थियो । 


माओबादी संसदमा तेस्रो शक्ति भएकाले कुनै न कुनै दलसँग मिलेर जानुपर्ने बाध्यता भए पनि दुनियामा कही नभएको ठूला दुईदल मिलेर सरकार बनाउनु भनेको भ्रष्टाचार र सुशासनविरुद्धको तालमेल नै भएको खत्रीको भनाई थियो । यस्तो भ्रष्ट सरकार बनाउने एमाले र काँग्रेस देश र जनताका लागि घातक भएकाले अहिले सिंगो देशमा माओबादीप्रति आकर्षण बढ्दै गएको उनले बताए । 


जिल्ला समन्वय संयोजक दिवसले विद्युत प्राधिकरणको अर्बौँ बक्यौता महसुल नतिर्ने विचौलीया भ्रष्ट व्यापारीहरुको लाईन जोडन लगाउँदा नमानेकै कारण नेपालका उज्यालो अभियन्ता कुलमानलाई हटाउन खोजेको भन्दै यो कदम घोर जनविरोधी कार्य भएको बताए । उनले माओबादी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक र पिछडा वर्गको उत्थान गर्ने एक मात्र राजनीतिक शक्ति भएको भन्दै माओबादीले मात्र देश परिवर्तन गर्नसक्ने बताए । 


नगर कमिटी अध्यक्ष राईले एमाले पार्टी अहिले माओबादीविरुद्ध एकछत्र निशाना साधेर क्षति पुर्याउन खोजिरहेको पाइएको बताए । माओबादी नेतृत्वको सरकारले एकपछि अर्को जनपक्षीय काम, सुशासनको सुरुवात र भ्रष्टाचारीलाई कारबाही गर्न फाईल खोल्न थालेपछि आत्तिएर देशभर माओबादी कार्यकर्तालाई फकाउने, धम्क्याउने र चोर्ने काम गरिरहेको बताए । तर, जत्तिसुकै क्षति गर्न खोजे पनि माओबादी विचार उक्सेको, नीति र सिद्धान्तप्रति प्रतिबद्ध शक्ति भएकाले एमालेको हावादारी कुराको पछि नलाग्ने अध्यक्ष राईले बताए । 


कार्यक्रममा वडा कमिटी अध्यक्ष बेदबहादुर राईले पार्टीले आफुहरु सर्वसाधारण जनतासँग निकट रहेर काम गर्ने गरेको भन्दै नेतृत्बाट पनि त्यही अनुसारको सहयोगको अपेक्षा गरे । नेकपा माओबादी किसान, दलित, महिला, जनजाति र भुईतहका जनताको पार्टी भएकाले उनीहरुको कुरा सुनेर उनीहरुकै चाहना अनुसार नीति कार्यक्रम बनाएर अघि बढ्न उनको आग्रह थियो । 


नव प्रवेशी कार्यकर्ताहरुले काँग्रेस र एमाले जनविरोधी प्रमाणित भएको पाएकाले छाडेर माओबादीमा प्रवेश गरेको बताए । अहिलेको सरकार अप्राकृतिक र जनविरोधी भएको भन्दै उनीहरुले प्रचण्ड सरकारले थालेका राम्रा कामहरुले निरन्तरता पाउनुपर्ने भएकाले त्यसलाई साथ दिन माओबादी रोजेको बताए । 

 

पार्टी वडा कमिटी सचिव भीम मगरले सञ्चालन गरेको कार्यक्रममा १४ वडा सदस्य नारायण राईले स्वागत मन्तव्य राखेका थिए भने बैठकमा सहभागी विभिन्न कार्यकर्ताहरुले आआफ्नो क्षेत्रको पार्टी गतिविधिको रिपोर्ट पेश गरेका थिए ।