वडास्तरीय फुटबलः आत्मघाती गोलले श्रीपुर स्तभ्ध

१ महिना अघि

२0८१ श्रावण २४ बिहीबार
वडास्तरीय फुटबलः आत्मघाती गोलले श्रीपुर स्तभ्ध

उदयपुर, साउन २४

अघिल्लो दिनदेखि त्रियुगा नगरपालिका ५ श्रीपुरमा जारी ‘प्रथम अन्तरवडास्तरीय फुटबल प्रतियोगिता’को विहीबारको खेलमा श्रीपुर ‘बी’ स्तभ्ध भएको छ । आफ्नै गोलले पराजित हुनु परेपछि श्रीपुर स्तभ्ध हुनु परेको हो । 


श्रीपुरका खेलाडी अशोक मगरको आत्मघाती गोलका कारण विपक्षी टिम भान्टाखोरिया फुटबल क्लब दोस्रो दिनको विजयी बन्न् पुगेको हो । मगरले मध्यान्तरपछिको ५० औँ मिनटमा गरेको आत्मघाती गोलकै कारण भान्टाखोरिया १–० गोल अन्तरले विजयी हुन पुगेको हो । 


निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा कुनले जित्छ भन्ने यकिन अनुमान गर्न सक्ने अवस्था थिएन । तर, विपक्षीलाई छल्ने उदेश्यले गरेको अशोकको प्रहार आफ्नै पोष्टमा छिरेपछि आत्माघाती गोल हुनु नै पराजयको कारण बन्न पुग्यो । 


खेलको ‘म्यान अफ द म्याच’ श्रीपुरका सन्देश राई घोषित भएको आयोजक श्रीपुर फुटबल क्लबका अध्यक्ष विष्णु भुजेलले बताए । उनका अनुसार सरस्वति सामुदायिक वन उपभोक्ता समूहको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिता नकआउट प्रणालीमा खेलाइदैछ । 


तियोगिता विजेता समूहले १० हजार नगदका साथ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेैछ भने उपविजेतालाई ५ हजार नगद तथा विधागत खेलाडीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था मिलाइएको छ । 


शुक्रबारको खेलमा स्थानीय युवा टिमसँग जनहित फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ५ नं. वडाका विभिन्न ८ समूहले स्पर्धा गर्ने आयोजक क्बबले जनाएको छ ।