श्रीपुरमा वडास्तरीय फुटबल सुरु

१ महिना अघि

२0८१ श्रावण २४ बिहीबार
श्रीपुरमा वडास्तरीय फुटबल सुरु

चन्द्र राई/माझखर्क

श्रीपुर, साउन २४
सदरमुकाम त्रिुगा नगरपालिका ५ श्रीपुरमा अन्तरवडास्तरीय फुटबल प्रतियोगितामा श्रीपुर ‘बी’ले विजयी यात्रा प्रारम्भ गरेको छ । स्थानीय श्रीपुर फुटबल क्लवको आयोजनामा बुधबार भएको उद्घाटन खेलमा दमौटी बी’लाई १–० गोलको अन्तरले पराजित गर्दै श्रीपुर ‘बी’ले जितको सुरुवात गरेको हो ।

 

स्थानीय जनता मावि श्रीपुरको खेलमैदानमा भईरहेको प्रतियोगिताको उद्घाटन सरस्वति सामुदायिक वन उपभोक्ता समूह देउरीका अध्यक्ष दिपक बान्तवाले गरेका थिए । प्रतियोगितामा ५ नं. वडाभित्रका ८ वटा समूहको सहभागिता रहेको खेल आयोजक क्लबका अध्यक्ष विष्णुकुमार भुजेलले बताए । 


अध्यक्ष भुजेलका अनुसार प्रतियोगिता सरस्वति सामुदायिक वन समूहको मुख्य प्रायोजनमा आयोजित गरिएको हो । नकआउट प्रणालीमा खेलाइने खेलमा  तियोगिताका विजेता समूहलाई १० हजार नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै उपविजेतालाई ५ हजार नगद तथा विधागत खेलाडीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था मिलाइएको छ ।