एकै दिन २ ७७ एम्पुल लागूऔषधसहित ४ युवा पम्राउ

१ महिना अघि

२0८१ श्रावण २१ सोमबार
एकै दिन २ ७७ एम्पुल लागूऔषधसहित ४ युवा पम्राउ

उदयपुर, साउन २१

प्रहरीले आईतबार एकैदिन २ पटक गरी ४ जनालाई लागू पदार्थिहित पक्राउ गरेको छ । विहान २ सय १ एम्पुलसहित २ जना र दिउँसो ७५ एम्पुलसहित थप २ जना पक्राउ परेका हुन् ।


त्रियुगा नगरपालिका ६ जलजलेमा सवारी साधन रोकी चेकजाँच गर्ने खोज्दा प्रहरी जवान दिपक राईलाई ठक्कर दिई चेकिङबाट भागेकोमा पिछा गर्दै गएर त्रियुगा नगरपालिका ११ चप्पनबाट सोही वडाका २७ वर्षीय चन्द्रबहादुर खत्री र त्रियुगा १० बोक्सेका २३ वर्षीय दिप  मगर पक्राउ परेका हुन् ।


निजहरुको साथबाट फेनारगन ६७, बुप्रेनोर्फिन ६७, डाइजेपाम ६७ गरी जम्मा २०१ एम्पुल प्रतिबन्धित लागू औषध, मोवाइल फोन २ थान र निजहरु सवार प्र १-०५-००१ प १०५९ नम्बरको FZ (V2) मोटरसाइकल समेत बरामद भएको छ ।  


त्यसैगरी आईतबारै त्रियुगा नगरपालिका ६ लालपत्ताबाट प्रतिबन्धित ७५ एम्पुल लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले थप २ जनालाई पक्राउ गरेको छ ।


लालपत्तामा सवारी साधन चेकजाँच गर्ने क्रममा मोटरसाईकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याएको प्रतिबन्धित लागू औषध ७५ एम्पुलसहित त्रियुगा नगरपालिका ४ बगाहाका ३१ वर्षीय विबेक थापा र सोही मोटरसाईकलको पछाडि सवार ३२ वर्षीय किरण अधिकारीलाई पक्राउ गरेको हो ।


निजहरुको साथबाट फेनारगन २५, बुप्रेनोर्फिन २५ र डाइजेपाम २५ गरी जम्मा ७५ एम्पुल प्रतिबन्धित लागूऔषध तथा मोवाइल फोन २ थान र निजहरु सवार भएको बा ७३ प ५२१९ नम्बरको R15 मोटरसाइकलसमेत बरामद भएमो छ । पक्राउ परेमा सबैलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।