विभिन्न आरोपमा फरार ४ पक्राउ 

१ महिना अघि

२0८१ श्रावण २0 आईतवार
विभिन्न आरोपमा फरार ४ पक्राउ 

गाईघाट, साउन २०

उदयपुर प्रहरीले विभिन्न आरोपमा दोषी प्रमाणित भए पनि भाग्दै आएका ४ अभियुक्तलाई पक्राउ गरेको छ । ल्लिा प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले आईतबार ४ उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा सार्वजनिक अपराध र कुटपिट मुद्धामा जिल्ला अदालतबाट दोषी ठहर भएकाहरु रहेका छन् । सार्वजनिक अपराधमा दोषी करार भएकाहरु त्रियुगा नगरपालिका २ स्थायी वतन भई हाल ११ वडा बस्ने ५६ वर्षीय धर्म उप्रेती र सोही वडाको बरुवाधारका २८ वर्षीय केके डन भन्‍ने किशोर मगर रहेका छन् । उप्रेतीलाई १ हजार ५ सय र मगरलाई १ हजार जरिवानाको फैसला अदालतले सुनाएको छ ।


त्यसैगरी कुटपिट मुद्धामा अभियुक्त ठहरिएका त्रियुगा ३ का मिन्टु मिश्र र गाली बेईज्जति मुद्धामा त्रियुगा २ का ३५ वर्षीय उर्मिला सहनी रहेका छन् । मिश्रलाई ५ सय जरिबाना र सहनीलाई १ सय २५ रुपैँया जरिबाना तोकिएको थियो । 


पक्राउ चारैजनालाई फैसला कार्यान्वयनका आईतबारै जिल्ला अदालत उदयपुरको जिम्मा लगाइएको प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले बताएका छन् ।