फरार प्रतिबादी पक्राउ 

१ महिना अघि

२0८१ श्रावण १३ आईतवार
फरार प्रतिबादी पक्राउ 

गाईघाट, साउन १३ 

आपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट दोषी ठहर भए पनि फरार रहेका यहाँका एक प्रतिबाद पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले चोरी मुद्धामा ५ महिना ३ दिन कैद र ४५ हजार जरिवाना तोकिएका फरार फक्राउ गरेको हो । 


जिल्ला अदालत उदयपुरले दोषी ठहर गर्दै सजाय सुनाए पनि भाग्दै ऋाएका  त्रियुगा नगरपालिका ३ बगाहाका ३५ वर्षीय कपिल भन्ने कपिलेश्वर चौधरीलाई पक्राउ गरेको हो । शनिबार पत्रफाउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आईतबार अदालत पठाइएको जनाएको छ ।


प्रहरीले विभिन्न आपराधिक गतिबिधिमा संलग्न भई अदालतबाट कैद र जरिवानाको फैसला भए पनि भाग्दै आएका प्रतिबादीलाई फरार सूचीमा राखेर पक्राउ गर्ने गरेको छ । फरार प्रतिबादीलाइ पक्राउ गरी फैसला कार्यान्वयन गर्दै राजश्व र कैद सजाय फस्र्यौट गर्ने अभियान अन्तगत खोजी खोजी फरारहरुलाई पक्राउ गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।