मूल्य अनुसार ईन्धन नदिने पेट्रोल पम्पमा प्रहरीको ताला

१ महिना अघि

२0८१ श्रावण १३ आईतवार
मूल्य अनुसार ईन्धन नदिने  पेट्रोल पम्पमा प्रहरीको ताला

उदयपुर, साउन १२

मूल्यभन्दा कम परिमाणको ईन्धन बेच्ने सदरमुकामको एक पेप्ट्रोल पम्पमा प्रहरीले तालाबन्दी गरेको छ । ईन्धनमा ठगी गरेको प्रमाणित भएपछि त्रियुगा नगरपालिका ११ गाईघाटस्थित रियाज पेट्रोल पम्पमा प्रहरीले आईतबार विहान ताला लगाएको हो ।

 

रियाजमा तेल किन्ने ग्राहकलाई मूल्य अनुसार ईन्धन नदिने गरेको जनगुनासो थियो । बारम्बार गुनासो आउन थालेपछि प्रहरीले आफै ग्राहक बनेर परीक्षण गरेको थियो । परीक्षण गर्दा आरोप प्रमाणित भएपछि तालाबन्दी गरेको नगर प्रहरी गाईघाटले जनाएको छ । 'यो पम्पमा कम परिमाणको तेल दिइन्छ भन्ने बारम्बार गुनासो आउँथ्यो' नगर प्रहरी ईञ्चार्ज सई गोपी कटुवालले भने 'केहीदिनयता निगरानी गर्दै थियौँ, सो क्रममा तेल कम बेच्ने गरेको पुष्टि भएपछि ताला लगाइएको हो ।'


सई कटुवाल आफै पम्प गएर पेट्रोल किन्दा पैसाभन्दा थोरै पाएपछि ताला लगाउनु परेको बताए । गुनासो मात्र हो कि साँच्चै हो भनेर आफै जाँदा मेसिनको मिटर घुम्ने, तेल चाहिँ नझर्ने गरेको उनले बताए ।


पम्पमा गाडीको ट्याङ्कीमा तेल नझर्ने, तेलको परिमाण र मूल्य चाहिँ मिटरमा देखिने गरि ठगी गरेको पाइएको छ । घट्ना लगत्तै पम्प सञ्चालक भने फरार रहेको सई कटुवालले बताए । आरोप प्रमाणित भएसँगै पम्प सञ्चालक बैधनाथ साह फरार भएको उनले बताए । कम तेल बेचेको विषयमा स्पषटिकरण लिन बोलाउदा सम्पर्कमा नआएको कटुवालले बताएका छन् । २४ घण्टाभित्र सम्पर्कमा नआाए कानुनी मारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

 

रियाज पट्रोल पम्प सञ्चालक साह याईघाटमै अर्को उर्जा पम्पका पनि सञ्चालक हुन्। त्रियुगा बसपार्क नजिकै रहेको उर्जामा पनि यसरी नै ईन्धन बिक्रीमा ठगी हुँदै आएको उपभोक्ताको गुनासो आउने गरेको प्रहरी भनाई छ ।  ठगीको उजुरीपरेपछि केही समयअघि नापतौल विभागको टोलीले अनुगमन गर्दा कमजोरी फेला परे पनि छुटकारा पाएको गुनासो सर्वसाधारणको छ ।