वर्षााले पहाडी भेगसँग यातायात सम्पर्क विच्छेद

२ महिना अघि

२0८१ श्रावण ५ शनिबार
वर्षााले पहाडी भेगसँग यातायात सम्पर्क विच्छेद

उदयपुर, साउन ५

केही दिनयताको वर्षााका कारण सडक भत्के बिग्रेर सदरमुकामदेखि विभिन्न स्थानीयतह आउजाउ गर्ने यातायात बन्द भएको छ । खासगरी पहाडी भेगका गाउपालिका जोडिएका सडकहरु भत्केका कारण यातायात सेवा अबरुद्ध हुन पुगेको हो ।


झरी वर्षााले मुर्कुची-माझखर्क सडक ठाउँठाउँमा भत्केपछि जिल्लाको कर्णाली भनेर चिनिने लिमचुङबुङ गाउँपालिकासम्मको यातायात आउजाउ रोकिएको छ । लिमचुङबुङ गाउँपालिकाका ५ वटै वडा पुग्ने मुख्य सडक मर्कुची-माझखर्क खण्डमा दर्जन बढी ठाउँ पहिरो गएर अबरोध भएको यातायात व्यवसायी बताउँछन् । सो सडकको मुर्कुची-पुवारे खण्डमै आधा दर्जन बढी ठाउँमा भत्कनुका साथै पहिरोले पुरेर गाडी नचल्ने अवस्था सृजना भएको हो ।


त्यस्तै पुवारेदेखि माझखर्कसम्मको खण्डमा पनि ठाउँठाउँमा पहिरो खसेर पुर्नकाु साथै भत्किएर गाडी चल्न अबरोध भएको चालकहरु बताउँछन् । सो सडकमा हिउदयाममा यात्रुबाहक ठूला बस चल्ने भए पनि वर्षाा सुरु भयो कि बोलेरो र मोटरसाईकल मात्र चल्ने गरेको छ । यस वर्ष छिट्टै ठूलो र लामो वर्षाा भएकाले बोलेरो चलाउनसम्म हम्मे भएको चालक रबिन राई बमाउँछन् । मोटरसाईकल चलाउन पनि धेरै गार्हो हुनेगरी सडक बिग्रेको लिमचुझबुङ ५ का होम कार्कीले बताए ।


यता गाईघाट-फोक्सिन्टार-दिक्तेल सडक पनि वर्षााले बिगारेर ठूला गाडी चल्न रोकिएको छ । फोक्सिन्टारसम्मको ५३ किलोमिटर खण्डको धेरै ठाउँमा सडक भत्कनुका साथै पुरिएर बिग्रेकाले गाडी चल्न समस्या भएको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ । केन्द्रका अध्यक्ष  ओमभक्त मैनालीका अनुसार फोक्सिन्टारखसम्दुम सुखदुख चले पनि त्यहाँदेखि महुरेसम्को खोटाङ खण्डमा गाडी चल्नै नसक्ने गरी बिग्रेपछि केही दिनयता यातायात ठप्प छ ।


उता उदयपुरकै अर्को पहाडी ताप्ली गाउँपालिका जाने सडक पनि बिग्रेका कारण यातायत नियमित सुचारु हुन सकेको छैन । कटारी-बेतिनी-रुपाटार सडक धेरै ठाउँ भत्के बिग्रेकाले ठूला गाडी चल्न छाडेको छ भने बोलेरो र मोटरसाईकल दुखले चल्ने गरेको छ ।

 

वर्षााले बिग्रे भत्केका सडकको स्थानीय सरकारले मर्मत गर्ने गरे पनि केही दिन चलेर अर्को दिन पर्ने पानीले बिगारेर जस्ताको तस्तै पार्दा लगानी मात्र हुने तर, उपलब्धी शून्यको बस्था आएको जनप्रतिनिधिहरु बताउँछन् ।