फरार ३ अभियुक्त पक्राउ 

२ महिना अघि

२0८१ असार २७ बुधबार
फरार ३ अभियुक्त पक्राउ 

उदयपुर, असार २६

उदयपुर प्रहरीले वन मुद्धामा फरार रहेका ३ प्रतिबादीलाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले अदालतबाट दोषी करार भए पनि भाग्दै आएका उनीहरुलाई पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ९ का ३५ वर्षीय तेजु सदा, सोही ठाउँका २६ वर्षीय जागेश्वर सदा र ३६ वर्षीय बालेश्वर सदा रहेका छन् । उनीहरुलाई जिल्ला अदालत उदयपुरको फैसला अनुसार जनही १५ दिन कैद र ६ हजारका दरले जरिवानाको सजाय सुनाइएको छ । 

 

पक्राउ तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईले बताए ।