माओबादी मजदुर पार्टी बर्गचेतना बढाउँदै 

२ महिना अघि

२0८१ असार २५ सोमबार
माओबादी मजदुर पार्टी बर्गचेतना बढाउँदै 

उदयपुर, असार २४

माओबादी मजदुर पार्टीले जनतामा बर्ग चेतना जगाउने अभियानको थालनी गरेको छ । पार्टीले सोमबार सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गरेको हो । 

बर्ग चेतना तथा दीर्घकालीन राजनीतिक कार्यक्रम’बारे जानकारी गाउन पार्टीले गाईघाटस्थित लोकतान्त्रिक चोकमा कोणसभाको आयोजना गर्दै अभियानको थालनी गरेको हो । अभिया कार्यक्रममा पार्टी महासचिव हिमालसिंह राईले पछिल्लो समय बर्गीय चेतनाको ह्रास भएकाले बर्गीय खाडल पर्दै गएर मानवता नै हराउने अवस्थामा पुगेकाले बर्ग चेतना अभियान पार्टील्े सञ्चालनमा ल्याइएको बताए । 

 

अभियानका संयोजकसमेत रहेका महासचिव राईले बर्गीय चेतना फैलाउन सके मात्र समाजलाई सही दिशा दिन सकिने हुनाले त्यसका लागि माओबादी मजदुर पार्टीले यो अभियान थालेको बताए । उनले सदरमुकामबाट सुरु भएको अभियानलाई जिल्लाभरी विस्तार गर्ने र अर्को चरणमा अन्य जिल्लातिर पनि गर्दै लगिने जनाए । 

 

अभियानका उपसंयोजक जगत कटुवालको अध्यक्षतामा सम्पन्न कोणसभामा संगठन विभाग प्रमुख प्रदिप फुयाल, केन्द्रीय सदस्य गोरीमान राईलगायत जिल्ला कमिटी, नगर तथा गाउँ कमिटीमा आबाद्ध नेता कार्यकर्ताहरुको सहभागिता थियो ।