उपमेयर गोल्डकप फुटबलः उपाधिका लागि बागमति र सुनसरी भिड्दै 

२ महिना अघि

२0८१ असार १९ मंगलवार
उपमेयर गोल्डकप फुटबलः उपाधिका लागि बागमति र सुनसरी भिड्दै 

उदयपुर, असार १८

गएको ११ गतेदेखि सदरमुकाम गाईघाटमा जारी ‘दोस्रो उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता २०८१’को उपाधिका लागि सुनसरी र सर्लाही आमनेसामने हुँदैछन् । 

 

मंगलबार दिउँसो हुन लागेको फाईनल खेलमा धरान महिला फुटबल क्लव (डिडब्लुएफसी) सुनसरी र बागमति युवा क्लब सर्लाहीबीच उपाधिका लागि भिडन्त हुन लागेको हो । यसअघि भएको सेमिफाईनल खेलमा धारनले न्यु ब्वाईज युथ क्लब (एनबिवाईसी) सप्तरीलाई र बागमतिले आयोजक गाईघाटलाई हराउँदै फाईनलमा पुगेका हुन् । 

 

गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा भईरहेको प्रतियोगिता त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन, नगर खेलकुद विकास समितिको समन्वय र अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष सहयोगमा फुटबल संघ उदयपुरले आयोजना गरेको हो । आयोजक संघका अध्यक्ष रञ्जन कार्कीका अनुसार शनिबार हुने फाईनल खेलमा उपाधि विजेता टिमलाई १ लाख ५० हजार नगदसहित ट्रफि प्रदान गरिनेछ । 

 

त्यस्तै उपविजेता विधागत विजेता खेलाडीहरुलाई पनि नगद तथा प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ । 

 

खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित र गतिसिल बनाउँदै समाज रुपान्तरणको अभियानमा लगाउने उदेश्यले उपमेयर महेश्वरी राईको योजना अनुसार हरेक वर्ष गोल्डक कप महिला फुटबल प्रतियोगिता आयोजना हुने गरेको छ । 

 

फाईनल खेल सकिएलगत्तै समापन कार्यक्रमको आयोजना गरी उपमेयर राईद्वारा विजेता खेलाडी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।