बेलकाका ३ का ४८ बालबालिकाले शैक्षिक सामग्री पाए 

२ महिना अघि

२0८१ असार १६ शनिबार
बेलकाका ३ का ४८ बालबालिकाले शैक्षिक सामग्री पाए 

रामपुर, असार १५

उदयपुरको बेलका नगरपालिका ३ का गरिव, जेहेन्दार र दलित बालबालिले शैक्षिक सामग्री पाएका छन् । वडाभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ४८ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । 


बालबालिकालाई जनही पुस्तक बोक्ने एउटा व्याग, १ धर्के कापी १ दर्जन, ४ धर्के कापी १ दर्जन, पेन्सील १ प्याकेट र कटर दिइएको हो । शुक्रबार वडामा आयोजित एक कार्यक्रममा वडाध्यक्ष टंकप्रसाद आचार्यले बालबालिकालाई पाठ्य सामग्री प्रदान गरे । 


वर्तमान समयमा शिक्षा सबैभन्दा ठूलो भएकाले गरिव, विपन्न तथा दलित समुदायलाई शिक्षामा अग्रसर गराउन पाठ्य सामग्री उपलब्ध गराइएको वडाध्यक्ष आचार्यले बताए । पढाईमा राम्रो भए पनि गरिवीका कारण पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले यो कार्यक्रम गरेको उनको भनाई थियो । 


शैक्षिक सामग्री पाउने बालबालिकाहरु वडाभित्र सञ्चालित विभिन्न ४ वटा विद्यालयमा अध्ययनरत रहेको जनाइएको छ ।