खोटाङमा भरुवा बन्दुकसहित १ पक्राउ 

३ महिना अघि

२0८१ असार ८ शुक्रबार
खोटाङमा भरुवा बन्दुकसहित १ पक्राउ 

उदयपुर, असार ७ 

खोटाङबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको रावावेशी गाउँपालिका ६ का ४५ वर्षीय दिलबहादुर राई १ थान भरुवा बन्दुकसहित बिहीबार पक्राउ परेका हुन् । 

 

अवैधानिक बन्दुक राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जालपाबाट खटेको टोलीले बिहीबार दिउँसो खटिएको प्रहरी टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको हो । गोठमा लुकाई छिपाई राखेको अवस्थामा १ थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने गोली (छर्रा) सहित राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 

पक्राउ राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याएर अनुसन्धान सुरु गरिएको जनाइएको छ ।