फरार २ अभियुक्त ६ वर्षपछि पक्राउ

३ महिना अघि

२0८१ जेष्ठ २८ सोमबार
फरार २ अभियुक्त ६ वर्षपछि पक्राउ

उदयपुर, जेठ २८

विभिन्न आपराधिक गतिबिधिमा लागेर अदालतबाट दोषी करार भए पनि भाग्दै आएका दुईजना अभियुक्तहरु ६ वर्षपछि पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा वन मुद्धामा जिल्ला अदालतबाट दोषी ठहरिदै १ लाख ६५ हजार ४ सय ६४ रुपैँया जरिवाना तोकिएका बेलका नगरपालिका ५ का ६५ वर्षीय गोपाल आलेमगर रहेका छन् । उनलाई जिल्ला अदालत उदयपुरले ०७५ असार ३२ गते उक्त जरिवानाको फैसला सुनाएको थियो । 


त्यसैगी अर्का पक्राउ बेलका ५ कै ३१ वर्षीय विशाल तामाङ कुटपिट मुद्धामा दोषी ठहरिए पनि भाग्दै आएका थिए । कुटपिट मुद्धामा तामाङलाई अदालतको मितिः ०७६ असार २४ गतेको फैसला अनुसार १० हजार जरिवाना तोकेको थियो । 


आईतबार दिउँसो बेलकाको इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीला र बेलकाके प्रहरी चौकी लालपत्ताबाट खटेको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।