उदयपुरका सबै स्थानीयतहमा एमाले अधिवेशन सुरु

३ महिना अघि

२0८१ जेष्ठ २५ शुक्रबार
उदयपुरका सबै स्थानीयतहमा एमाले अधिवेशन सुरु

उदयपुर, जेठ २५

नेकपा (एमाले) उदयपुरको स्थानीयतहस्तरीय अधिवेशन शुक्रबार सुरु भएको छ । जस अनुसार सदरमुकाम त्रियुगासहित जिल्लाका ८ वटै स्थानीयतहमा एकैदिन अधिवेशन सुरु गरेको पार्टीले जनाएको छ । 


पार्टी जिल्ला कमिटी अध्यक्ष भागवत राउतका अनुसार केन्द्रीय निर्देशन अनुसार सबै स्थानीयतहमा एकैदिन एकैचोटी अधिवेशन सुरु भएको हो । जसु अनुसार बेलका नगर अघिवेशनको उद्घाटन स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले गरेका छन् भने अर्का स्थायी समिति सदसय विशाल भट्टराईले कटारी नगर अधिवेशन उद्घाटन गरेका छन् । 


चौदण्डीगढी नगर अधिवेशनको उद्घाटन अर्का स्थायी समिति सदस्य भानुभक्त ढकालले गर्दा सदरमुकाम त्रियुगा नगर अधिवेशनको उद्घाटन त्रिुयुगा नगरपालिका ३ मोतिगडास्थित होटल इम्पायर इनको सभाकक्षमा पोलिटव्युरो सदस्य राजेन्द्र गौतमले गरेको पार्टीले जनाएको छ । 


त्यसैगरी लिमचुङबुङ गाउँ अधिवेशनको उद्घाटन गाउँपालिका मुकाम बाराहामा प्रदेश सदस्य देवराज राईले गरेका छन् भने रौतामाई कमिटीको उद्घाटन अर्का प्रदेश सदस्य जीवन कार्कीले गरेका छन् । ताप्ली अधिवेशनको उद्घाटन प्रदेश सदस्य बेनीबहादुर सार्कीले र उदयपुरगढी गाउँ अधिवेशनको उद्घाटन अर्का प्रदेश सदस्य भेषराज थापाले गरेको जनाइएको छ । 


अधिवेशनले सबै स्थानीयतहमा नयाँ नेतृत्व चयन गर्ने पार्टीले जनाएको छ । त्यसका लागि सकेसम्म सर्वसम्मत गर्ने नसके खुल्ला र स्वस्थ्य प्रतिस्पर्धाबाट कमिटी चयन गर्ने नीति पार्टीैले लिएको बताइएको छ । 


सदरमुकाम त्रियुगा नगर कमिटी हाँक्नका लागि आधादर्जन कार्यकर्ताको दावी रहेको बताइएको छ । जसमा जनार्दन रेग्मी, विश्वराज भट्टराई, रमेश कार्की (शम्भु), कुमार घिमिरे र गोबिन्द राउत रहेको कार्यकर्ताहरु बताउँछन् ।