बेल्जीयममा साकेला उभौली धुमधाम

३ महिना अघि

२0८१ जेष्ठ २४ बिहीबार
बेल्जीयममा साकेला उभौली धुमधाम

बेल्जीयम, जेठ २४

विदेशी मुलुक बेल्जीयममन साकेला उभौली (धिरिनाम) भव्य रुपमा सम्पन्न भएको छ । किरात राई सोसाईटी बेल्जीयमक‍ आयोजनामा स्थानीय काजाब्लांका पार्क क्यासेल्लोमा सम्पन्न भएको हो l


ढोल झ्याम्टा बजाउदै साकेला सिली नाचेर आयोजित कार्यक्रमको उदघाटन बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले गरेका थिए l कार्यक्रममा राजदुत राजभण्डारीले परदेशमा पनि आफ्नो कला-सँस्कृति, सँस्कार र भेषभूषालाई जिवन्त बनाउदै विदेशीसामु पस्कने कार्य नेपालकै लागि गौरबको कुरा रहेको बताए ।


 बेल्जीयम प्रतिनिधिसभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणले यो ठाउँमा पनि नेपालको किराँत राई समुदायको साकेला हेर्न र नाच्न पाउँदा खुशी लागेको बताए l त्यसैगरी लुभेन महानगरपालिकाका उपमेयर  दिर्क भेन्सिनाले लुभेन महानगर बिभिधताले भरिएको बताउँदै १ सय ६० भन्दा बढी राष्ट्रका मानिसको  बसोबास रहेको बताए । लुभेन नगरमा नेपाली राई सँस्कृतिमा रमाउन पाउँदा हर्ष लागेको उपमेयर भेन्सिनाले बताए ।


उभौली कार्यक्रममा उपस्थित बेल्जियमको दोश्रो ठूलो राष्ट्रीय राजनीतिक दल सिडीएण्डभीका युवा उपाध्यक्ष रुबेन गेलेन्स, लुभेन महानगरपालिका डाईभरसिटी बिशेषज्ञ आन एन्ग्लान , पोलेसी सल्लाहकार  यासिन एलात्तर , आईफई डाईरेक्टर  मिगायल अन्जेल लगायत बिशिष्ट अतिथीहरु साकेला नृत्य गरेर शुभकामना आदानप्रदान गरेका  थिए l 


कार्यक्रममा गैरआबासीय नेपाली संघका अध्यक्ष सीता सापकोटा, नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका कार्यबाहक अध्यक्ष मुना राई, विश्व मगर संघ अध्यक्ष लोक राना, किरात याक्थुम चुम्लुङका अध्यक्ष बदन योङहाङ, शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा, तमु समाज अध्यक्ष होम गुरुङ, तामाङ समाज अध्यक्ष राम लामा, थकाली सेवा समिति प्रतिनिधि श्रीआनन्द शेरचन, तमुधी अध्यक्ष संगीता गुरुङ, एनआरएन ग्लोबल बेल्जियम अध्यक्ष पद्म गुरुङ, क्षेत्री समाजका यशोदा थापा, पाशापुच प्रतिनिधि देबु श्रेष्ठले साकेलाको शुभकामना दिएका थिए l 


साकेला २०२४ बेल्जीयम कार्यक्रममा एनआरएनए पूर्ब केन्द्रीय उपाधक्ष अर्जुनकुमार श्रेष्ठ, जनसम्पर्क समिति यूरोप महामन्त्री गंगाधर गौतम, बेल्जीयम महामन्त्री गोबिन्द सिंह अधिकारी, संघीय समाजबादी बेल्जीयम अध्यक्ष  नेत्र मगर, प्रबासी मञ्च बेल्जियम निबर्तमान अध्यक्ष चन्द्रकुमारी गुरुङ ईशा, उपसचिव जनक सुबेदी , जनप्रगतिशील मञ्च उपाध्यक्ष मनिष तमु, राप्रपा बेल्जीयम अध्यक्ष अनिल थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बेल्जीयम सल्लाहकार डिल्लीराम भण्डारी उपस्थित थिए l 

 


त्यसैगरी  एन नेपाल व्यवसायी संघ बेल्जीयम अध्यक्ष चिरनकुमार खवास, नेबाब फुड फेष्टिभल संयोजक तथा युबा समाजसेवी काशी दनाई, पर्बत समाज अध्यक्ष नन्दाकुमारी गुरुङ, कास्की समाज अध्यक्ष जीवन तमु,  एनारएन बेल्जीयम निबर्तमान अध्यक्ष खडकबहादुर केसी, नेपाल टेलिकम सहनिर्देशक नबराज खतिवडा रलबरुण घिमिरे, क्याट बेल्जियम अध्यक्ष इश्वरी कंडेल, यूरो नेपाल कलाकार संघ बेल्जियम वरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङ, एनआरएन बेल्जीयम महासचिव रुबिना शर्मा, लुम्बिनी कपिलबस्तु अभियान प्रतिनिधि रश्मी निरौला, बाग्लुङ समाज अध्यक्ष मोहन गौतम, सांग्रिला समाज अध्यक्ष  नारायण अधिकारी, सिक्लेस पार्च्रे कल्याण कोष अध्यक्ष ओमप्रसाद तमु ,पूर्वेली समाज लुभेन सयोजक तथा एनआरएन बेल्जीयम उपाध्यक्ष लोकेन्द्र नेपाल, मादल इन्टरतेंमेंट सयोजक अजित तुलाचन, नेफिन बेल्जीयम सलाहकार अनिता लामा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो l 


मौलिक पोशाक र  गरगहनाले सजिएका किरात राई बाल-बच्चा,युबा-युवती तथा वयष्कहरूको साकेला सिली  र ढोल झ्याम्टाले क्यासेल्लो पार्क गुन्जायमान भएको थियो भने सम्पूर्ण बिदेशी-नेपाली पाहुनाहरूले सिली टिप्दा झनै साकेला रौनक बनेको थियो  l 


कार्यक्रम समाजका अग्रजहरू धनकुमार बान्तवा, देव राई, मालती राई, श्रेया राई, भबिन्द्र राई, मोनी  कुलुङलगायतले सुम्निमा-पारुहाङ पित्री भूमि र प्रकृति पूजा गर्दै बालीनाली चरा चुरुङ्गी, जलचर स्थलचर जीवजन्तुबारे भाकल गर्दै आशिर्बाद मागेका थिए l 


कार्यक्रमको व्यबस्थापन र अतिथि सत्कारतर्फ सोसाईटी उपाध्यक्ष सरु चाम्लिङ, तारा राई, रेनुका राई, राजेन राई, गोपाल साम्पाङ, आर्टेन नाछिरिंङ, सोनिया राई, इकु राई, दिब्यानी खालिङ, अनिता लामा राई, सुनिल राई, सुबास चामलिङ्, रोशन राई, मयुमा राई, लिना राई, पुनम चामलिङ, ड्रिष्ना राईलगायतले गरेका थिए ।