माओबादी पूसंस अभियान:कटारी ११ मा यम्बर

३ महिना अघि

२0८१ जेष्ठ २३ बुधबार
माओबादी पूसंस अभियान:कटारी ११ मा यम्बर

कटारी, जेठ २३

नेकपा (माओबादी केन्द्र)को जारी "पुर्बेली संगठन सुदृढीकरण अभियान" उदयपुरमा युद्धस्तरमा चलिरहेको छ । जस अनुिार जिल्लाका ७५ ओटै वडामा सम्मेलन तथा अधिवेशनहरु भईरहेका छन् ।


यसै क्रममा बुधबार कटारी नगरपालिका ११ को ऎतिहासिक दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ ।  सम्मेलनले यम्बरबहादुर खत्रीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्वाचित गरेक‍ो छ ।


निर्वाचित कमिटीको उपाध्यक्षमा इन्द्र थापा, सचीव लिलाकुमारी कटुवाल, सहसचिव बिष्णु कटुवाल र कोषाध्यक्षमा टीकामाया कार्की चयन भएको पार्टी नगर कमिटीका सचिव ईश्लेवर राउतले बताए ।


नगर कमिटी अध्यक्ष  मणिराज दाहालको उपस्थिति । निवर्तमान वडा कमिटी अध्यक्ष टेकबहादुरको सभापतित्वमा सम्पन्न अधिवेशनले सर्वसम्मत कमिटी चयन गरेको जनाइएको हो ।