फुलजोरमा मोटरसाईकलाई टिपरको ठक्करः दुईजनाको निधन

३ महिना अघि

२0८१ जेष्ठ २२ मंगलवार
फुलजोरमा मोटरसाईकलाई टिपरको ठक्करः दुईजनाको निधन

उदयपुर, जेठ २२

सदरमुकाम नजिकै मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । मंगलबार विहान ९ः४५ बजे बेलटारबाट गाईघाटतर्फ आउँदै गरेको टिफरले बिपरित दिशातर्फ जाँदै गरेको मोटरसाईकललाई त्रियुगा नगरपालिका १३ र चौदण्डीगढी नगरपालिका ९ को सीमास्थल फुलजोरमा ठक्कर दिदा  मोटरसाईकलमा सवार यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका निरीक्षक विद्यासुन्दर साहका अनुसार मिक्स गिटी बोकेको प्र १–०२–००१ ख ८५१४ नं. को टिफरले प्र १–०६–०५२ प ३९५८ न. को मोटरसाईकललाई ठक्कर दिँदा बेलका नगररपालिका १ का ३० वर्षिय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका ३ की ३१ वर्षीया हिरा राईको निधन भएको हो । 


दुर्घटना परी गम्भीर घाईते दुवैको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याइएकोमा ११ः३० बजे डा.ले दुवैलाई मृत घोषित गरेको हो । मृतकद्वयको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखेर आफन्तलाई झिकाइएको छ । 


टिफर र चालक त्रियुगा नगरपालिका ७ नाम्जेका ३१ वर्षीय भिमबहादुर राईलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको इन्सपेक्टर साहले बताएका छन् ।