मायाशेर कमाण्डमा माओबादी लिमचुङबुङ १ कमिटी  

३ महिना अघि

२0८१ जेष्ठ २१ सोमबार
मायाशेर कमाण्डमा माओबादी लिमचुङबुङ १ कमिटी  

लिमचुङबुङ, जेठ २१

नेकपा (माओबादी केन्द्र) लिमचुङबुङ १ बाँसबोटे वडा कमिटीको अध्यक्षमा मायाशेर राई चयन भएका छन् । आईतबार अवेर सम्पन्न पार्टीको ‘दोस्रो वडा सम्मेलन’ले राईको अध्यक्षतामा २३ सदस्रुयीय वडा कमिटी चयन गरेको हो । 


देश र समाज परिवर्तनका खातीर भएको १० वर्षे जनयुद्धमा ज्यानको बाजी लगाएर होमिएका महान् लडाकु अनिल राईलाई सम्मान गर्दै सुरु अधिवेशन साँझसम्म चलेको थियो । अधिवेशनको बन्दशत्रले सर्वसम्मत गठन गरेको वडा कमिटीको उपाध्यक्षमा बर्जबहादुृर राई छानिएका छन् भने सचिव हर्कसिंह राई, सहसचिव अम्मर राई र कोषाध्यक्षमा कैविता राई चयन भएका छन् ।

 

अधिवेशनले सदस्यमा मनराज राई, चित्रबहादुर मगर, खिन्द्रराज राई, सपना मगर, भिमा राई मगर, मेमबहादुर राई, देवकुमारी कार्मी, मन्दिप राई, ममता राई र मदन राईलाई छानेको छ । त्यस्तै रोमिता सुब्बा राई, टमबहादुर राई, बोधबहादुर राउत, मोहन राई, कल्पना मगर, शान्ति राई, देवनकुमार राई र मिशन राई पनि सदस्यमा चयन भएको वडा कमिटीका निवर्तमान अध्यक्ष जनदिप थापामगरले बताए । 


दर्जन कार्यकर्ता माओबादीमा प्रवेश

अधिवशेनको क्रममा नेपाली काँग्रेससहित विभिन्न पार्टीका दर्जन अगुवा कार्यकर्ता माओबादी  प्रवेश गरेका छन् । वडा सम्मेलनको अवसर पारेर काँग्रेसनिकट तरुण दल वडा सभापति खिन्दराज राईलगायत ७ जना र अन्य पार्टीका ४ जना माओबादी प्रवेश गरेका हुन् । 


कार्यक्रमका प्रमुख अतिथि माओबादी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री नारायण बुर्जामगरले नव प्रवेशीहरुलाई अविर, माला र खादा लगाएर स्वागत गरेका थिए । उनीसँगै प्रदेश कमिटी सदस्यहरु काजीमान तामाङ (जिज्ञाशा) र कृष्ण निरौला (किसु), गाउँ पार्टी कमिटी इन्चार्ज झनक विक, गाउँपालिका अध्यक्ष मेजरकुमार राई, पार्टी कार्यवाहक अध्यक्ष भिम किराती, सचिव मनोज बुढाथोकी वडा कमिटी अध्यक्ष तथा गाउँपालिका १ का वडाध्यक्ष जनदिप थापामगरले पनि उनीहरुलाई स्वागत गरेका थिए । 


पार्टी प्रवेश गर्दै नव प्रवेशीमध्येका खिन्दराज राईले माओबादी केन्द्र नेपालमा व्यवस्था परिवर्तन र विकास गर्ने एक मात्र भरोसायोग्य पार्टी भएको ठहर गर्दै काँग्रेस छाडेर आएको बताए । उनले गाउँको विकास गर्न राजनीतिक दलहरुको मुख्य भूमिका हुने र त्यसका लागि माओबादी एक मात्र विश्वासनीय दल भएकाले आफुहरु यो पार्टीमा प्रवेश गरेको बताए ।