मेलमिलाप सम्बन्धी ४८ घण्टे तालिम सम्पन्न

३ महिना अघि

२0८१ जेष्ठ २१ सोमबार
मेलमिलाप सम्बन्धी ४८ घण्टे तालिम सम्पन्न

वैशाख २४

साकेला, जेठ २१


खोटाङको साकेलाले गाउँमा हुने झैझगडालाई आपसी सहजीकरण गर्दै मेलमिलाप गराउने उदेश्यले मेलमिलाप सम्बन्धी साताव्यापी तालिम सम्पन्न गरेको छ । देवानी प्रकृतिका विवाद सहजीकरण गर्दै संवादको माध्यमबाट जीत–जीतको अवस्थामा पु¥याउने गरी विवाद समाधान गर्ने सीपको विकास गर्न ८ दिवसीय ४८ घण्टे आधारभूत तालिम आयोजना गरिएको हो । 


गाउँपालिकास्थित न्यायिक समितिको आयोजनामा गत जेष्ठ १३ गतेदेखि सञ्चालि तालिम गाउँपालिका अध्यक्ष रविप्रकाश राईको प्रमुख आथित्यमा सम्पन्न भएको हो । संविधानले व्यवस्था गरेको हरेक स्थानीयतहमा गठित न्यायिक समितिले स–साना झै झगडा र लामो समयदेखि समाधान हुन नसकेका विवादहरु हाल स्थानीयस्तरमै मेलमिलाप गरिदै आएको छ । मेलमिलापको माध्यमबाट समाधान गरेर समाजमा सकारात्मक सन्देश दिने गरेको अध्यक्ष राईले बताएका छन् । 


स्थानीयतहमा हल हुन नसकेका जटिल प्रकृतिका मुद्घाहरु निरुपणका लागि सम्बन्धित निकायसँग समन्वय गरी फस्र्यौट गर्ने गरिएको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिर्सिका राईका अनुसार न्यायिक समिति र प्रत्येक वडावडामा मेलमिलाप समिति गठन गरेर गाउँघरमा हुने समस्या समाधान गर्ने गरेको बताईन् । 


तालिम समापन कार्यक्रममा अध्यक्ष राईले सहभागिहरुले सिकेको कुरा व्यवहारमा उतारेर गाउँ समाजमा हुने झैझगडा र द्वन्द्व न्यूनिकरण गर्न सुझाए । तालिमले गाउँगाउँमा खट्ने सहजकर्ताहरुले गाउँ समाजमा शान्ति कायम गर्न सहयोग पु¥याउने कुरामा विश्वस्त रहेको अध्यक्ष राईको अपेक्षा थियो । 

 

तालिममा विवाद द्वन्दको अवधारणा र विस्तार, विवाद समाधानका उपाहरु, आधारभूत बैकल्पिक, विवाद समाधानमा मेलमिलाप पद्घतिको प्रयोग, अन्तर्राष्ट्रिय सन्दर्भमा मेलमिलाप पद्घतिको प्रयोग, मेलमिलाप सम्बन्धी नेपालमा प्रचलित कानुनी व्यवस्थालगायत विषयमा सहजकर्ताहरुले जानकारी गराएका थिए । 


गाउँपालिकाका हरेक वडाका ३–३ जना मेलमिलापकर्ताको साथमा वडाध्यक्ष र वडा सचिवको सहभागी रहेको तालिममा मानवअधिकार मञ्च नेपाल इलामका गायत्री थेगिम र याम माबोहाङ लिम्वुले सहजीकरण गरेका थिए ।