लागू औषधसहित पक्राउ २ युवाविरुद्ध १० दिनको म्याद 

३ महिना अघि

२0८१ जेष्ठ १९ शनिबार
लागू औषधसहित पक्राउ २ युवाविरुद्ध १० दिनको म्याद 

उदयपुर, जेठ १९

यहाँका दुई युवा ठूलो परिमाणको लागू औषधसहित त्रफाउ परेका छन् । गत शुक्रबार विभिन्न थरिका ४ सय ११ एम्पुल लागू औषधसहित पक्राउ परेका युवा द्वयलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।  


सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटका २८ वर्षीय अमरबहादुर कार्की र २१ वर्षीय चन्द्रबहादुर कार्की शुक्रबार साँझ उदयपुर र सप्तरीको सीमानाका त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट पक्राउ परेका थिए । लाहानदेखि गाईघाटतर्फ आउँँदै गरेको बा ९७ प ९५१२ न. को मोटरसाईकलमा सवार उनीहरुमाथि शङ्का लागी चेकजाँच गर्दा सो परिमाणको लागू औषध फेला परेपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको  छ । 


कार्की द्वयको साथबाट डाईजोपाम नामक लागू औषध १ सय ३७ एम्पुल, बुप्रिनोर्फिन १ सय ३८ र फेनार्गन १ सय ३६ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । मोटरसाईकल र लागू औषधसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।