साकेलाको पाँचै वडामा मिलीजुली समूह गठन

३ महिना अघि

२0८१ जेष्ठ १८ शुक्रबार
साकेलाको पाँचै वडामा मिलीजुली समूह गठन

खोटाङ, जेठ १८

खोटाङको साकेला गाउँपालिकामा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम’लाई सहयोग पु¥याउने उदेश्यले सबै वडामा मिलिजुली समूह गठन गरिएको छ । अपाङ्गता भएका व्यक्ति तथा परिवारका सदस्यहरुको उत्थान, पुनस्थापना र सहयोग गर्ने उदेश्यले मिलीजुली समूह गठन गरिएको हो । 


गाउँपालिका महिला तथा बालबालिका शाखा र करुणा फाउण्डेसनको सहजीकरणमा ५ वटै वडामा समूह गठन गर्ने कार्य सम्पन्न भएको छ । जस अनुसार १ नं. वडा बाँझे च्यानडाँडामा बिनोद राईको अध्यक्षतामा ९ सदस्यीय समूह गठन भएको छ भने २ रतन्छामा मनकुमार राईको अध्यक्षतामा गठन भईसकेको छ । त्यस्तै ३ नं. खिदिमामा विनोद राईको अध्यक्षतामा, ४ मात्तिममा मनोज आचार्यको अध्यक्षतामा र ५ नं. वडाको मात्तिमबिर्तामा मानबहादुर राईको अध्यक्षतामा पनि ९–९ सदस्यीय समूह गठन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीयअ धिकृत महेश राईले बताए । 


गाउँपालिकाले प्रदेश सरकार र करुणा फाउन्डेसनसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रदेश र फाउण्डेशनको ३५–३५ प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सञ्चालित कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघकले प्राविधिक सहयोग गर्दै आएको छ । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बताउन सबै वडामा मिलिजुली समूह निर्माण गरिएको हाकिम राईले बताए । 


गाउँपालिका अध्यक्ष रविप्रकाश राईले सो कार्यक्रमले जन्मजात हुने अपाङ्गता न्यूनिकरण गर्नुका साथै जन्मपश्चात विकसित हुने अपाङ्गता रोकथाम गर्ने र अपाङ्गता ब्यक्तिको पुनस्र्थापनामा सहयोग गर्नेछ । साथै अपाङ्गता व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना निर्माण र संस्थागत सुदृढीकरणमा पनि सहयोग गर्ने यो कार्यक्रमले उनीहरुको शिक्षा, स्वास्थ्य र सहायक सामग्रीको व्यवस्थापन पनि गर्ने अध्यक्ष राईले बताए । 


अपाङ्गता सम्बन्धी विभिन्न क्षमता विकासका तालिमसमेत यो कार्यक्रम अन्तर्गत प्रदान गरेर अपाङ्गतामैत्री काममा लगाई जिविकोपार्जनमा लगाइन्छ । ३ वर्षसम्म चल्ने यो कार्यक्रम २०८० माघ १ गते सम्झौता भएर २०८३ पुस मसान्तमा सकिनेछ । 


अध्यक्ष राईले कार्यक्रमको मुख्य उद्देश्य जन्मजात हुने अपाङ्गता रोकथाम तथा जन्मपछि हुने अपाङ्गताको व्यवस्थापन गर्दै उनीहरुको जीवनस्तर उकास्ने रहेको बताए । अपाङ्गता भएकाहरु र उनीहरुको परिवारका सदस्यहरुको शिक्षा, स्वास्थ्यलगायत आधारभूत कुरामा सहयोग गर्ने कार्यक्रमको उदेश्य रहेको छ । प्रदेश सरकार र फाउण्डेशनसँग भएको सम्झौता अवधि समाप्तीपछि पनि दीर्घकालीन रुपमा कार्यक्रम सञ्चालन गर्नेगरी गाउँपालिकाले योजना तर्जुमा गरिरहेको अध्यक्ष राईले बताएका छन् । 


राष्ट्रिय जनगणना २०७८ अनुसार साकेला गाउँपालिकामा २ सय ७१ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । जसमध्ये १ सय ०४ जना पूर्ण र अति अशक्त अपाङ्गता भएकाहरु छन भने अन्य दोस्रो र तेस्रो श्रेणीका अपाङ्गता भएकाहरु छन् । अपाङ्गता परिचयपत्र प्राप्त गरेका सबैलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको व्यवस्था मिलाईरहेको छ ।