साउनेमा चट्याङ लागेर एक पुरुषको निधन

३ महिना अघि

२0८१ जेष्ठ १६ बुधबार
साउनेमा चट्याङ लागेर एक पुरुषको निधन

उदयपुर, जेठ १६

वर्षासँगै परेको चट्याङको झट्काले बुधबार दिउँसो उदयपुरका एक पुरुषको ज्यान गएको छ । दिउसो ४ः३० बजेजस्तो समयमा वर्षासँगै परेको चट्याङले त्रियुगा नगरापलिका १४ साउनेका ५३ वर्षीय सर्वधन राईको निधन भएको हो । 


वडाध्यक्ष हिमराज मगरले वर्षासँगै परेको चट्याङले घरमै बसिरहेका राई गम्भीर घाईते भएकोमा उपचार गर्न अस्पताल लाने तयारी गर्दागर्दै निधन भएको बताए । घट्नाको जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गर्ने काम भईरहेको छ । मुचुल्का उठाईसकेपछि मृतकको शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल उदयपुर ल्याइने वडाध्यक्ष मगरले बताए । 


१० दिनअघि पनि उदयपुरमा चट्याङले एकजनाको ज्यान गएको थियो । जेठ ६ गते विहान पनि हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर जिल्लाको रौतामाई गाउँपालिका ७ की ५३ वर्षीया चन्द्री तामाङ परियारको निधन भएको थियो । विहान ५ः०० बजेजस्तो समयमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर घरमा सुतिरहेकी परियारको ओछ्यानमै निधन भएको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए । 


परियारको घरछेउको रहेको रुखको फेदमा पनि चट्याङ लागेर क्षति गरेको स्थानीयले बताउका छन् ।