डोकाले छोपेको दिन....

३ महिना अघि

२0८१ जेष्ठ १४ सोमबार
डोकाले छोपेको दिन....

उदयपुर, जेठ १४

केहीदिनअघि हराएको मोटरसाईकलसहित एक युवक चोरी अभियोगमा पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १२ सोनापुरबाट घरमै पार्किङ गरिराखेको मोटरसाईकल गाईघाट इनारचोकस्थित एक मर्मतकेन्द्रमा बनाउन ल्याउँदा प्रहरीले फेला पारेसँगै चोरी कार्यमा संलग्न युवक पनि पक्राउ परेका हुन् । 


घरमै पार्किङ गरी राखेको ठाउँबाट हराएको प्रदेश नं. १–०५–००१ प २४६० नं. को पल्सर मोटरसाईकल चोरी आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १७ का २६ वर्षीय अर्जुन प्रधान पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनी पटके चोर भएको खुलासा भएको छ । प्रधान पक्राउपछि अनुसन्धान गर्ने क्रममा पटकपटक चोरी कार्यमा संलग्न हुँदै आएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईले बताए । 


प्रहरीका अनुसार विगतमा पनि प्रधान ३ पटक चोरी कार्यमा संलग्न रहेको खुलेको छ । चापागाईका अनुसार उनी यसअघि ०७७ साउन ११ गते खसी चोरेको कसुरमा पक्राउ परेको, ०७८ साउन ४ गते पसल चोरी र ०७८ साउन १९ गते ९९ हजार नगद चोरी गरेको आरोपमा पक्राउ परेका थिए । यसअघि चोरी कार्यमा संलग्न भई प्रहरी हिरासत बस्नुका साथै दण्ड जरिवानासमेत तिरिसकेका उनी अहिले मोटरसाईकल चोरीको आरोपमा पक्राउ परेका हुन् । 


पटके चोरी गरेको खुलेपछि उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । जिल्ला अदालत उदयपुरबाट ६ दिनको म्याद लिइ प्रधानबारे थप अनुसन्धान भईरहेको डिएसपी चापागाईले बताए ।