कृष्ण सेन ‘ईच्छुक’ स्मृति दिवसमा फलफुल वितरण

४ महिना अघि

२0८१ जेष्ठ १३ आईतवार
कृष्ण सेन ‘ईच्छुक’ स्मृति दिवसमा फलफुल वितरण

गाईघाट, जेठ १३

महान् सहिद कृष्ण सेन ‘ईच्छुक’को स्मृतिमा प्रेस सेन्टर नेपाल उदयपुरले विरामीलाई फलफुल वितरण गरेको छ । आईतका इच्छुकको २२ औँ स्मृति दिवसको अवसर पारेर जिल्ला अस्पतालमा उपचाररत विरामीलाई फलफुल वितरण गरिएको हो । 


विहान ७ः०० बजे आयोजित एक कार्यक्रमार्फत प्रेस सेन्टरको टोली अस्पताल पुगेर  विरामीलाई फलफुल वितरण गरेको हो । प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा उदयपुर ईन्चार्ज महेश्वर चामलिङ, प्रेस स्वतन्त्रता सेनानी हरिकुमार राई, केन्द्रीय सदस्यहरु भोटराज राई, यमन दनुवार, पत्रकार महासंघका अध्यक्ष भरत खड्का र अस्पताल प्रमुख डा. ज्ञानेन्द्र झालगायतले विरामीलाई फलफुल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए । 


दिवसको अवसर पारेर सेन्टरले अस्पतालका ४० विरामीलाई फलफुल वितरण गरेको सेन्टरका अध्यक्ष सुपराज राईले बताए । फलपुफल आकस्मिक, जेनेरल वार्ड र प्रसुतिकक्षमा उपचाररत विरामीहरुलाई वितरण गरिएको अध्यक्ष राईले बताएका छन् । 

 

जनादेश साप्ताहिकका तत्कालीन संपादक ईच्छुकको प्रहरी प्रशासनको कुटपिटका कारण ०५९ साल आजकै दिन प्राणाहुति भएको थियो । तत्कालनि नेकपा (माओबादी)को जनयुद्ध उत्कर्षतर्फ जाँदै गर्दा ०५९ जेठ ६ गते प्रहरी गिरफ्तारीमा परेका ईच्छुकलाई महेन्द्र पुलिस क्लवको हिरासतमा राखेर चरम कुटपिट र यादाता दिदा १३ गते ज्यान गएको थियो । 


जनयुद्धको पक्षमा समाचार संप्रेसण गरेको आरोपमा तत्कालीन डिआईजी अमरसिंह थापा र डिएसपी विक्रम थापा कमाण्डको टोलीले ईच्छुकलाई मध्यराति कार्यकक्षबाटै नियन्त्रण गरेर लगेको थियो । हिरासतमा राखेर सातादिनसम्म् निरन्तर कुटपिट र दानवीय यातनाका कारण उनको प्राण गएको स्मरणमा सेन्टरले वर्षेनी स्मृति दिवस मनाउँदै आएको छ ।