नारायण बुर्जा मन्त्री दोहोरिए, माओबादीबाट राज्यमन्त्रीसहित ४ जना

४ महिना अघि

२0८१ जेष्ठ ४ शुक्रबार
नारायण बुर्जा मन्त्री दोहोरिए, माओबादीबाट राज्यमन्त्रीसहित ४ जना

उदयपुर, जेठ ४

साविक १ न. प्रदेशको नवगठित मन्त्रीमण्डलमा उदयपुरका सांसद नारायण बुर्जा दोहोरिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार पुनर्गठन गरेको मन्त्रीमण्डलमा परेका ५ मन्त्रीभित्र मगर पर्यटन, वन तथा  वातावरण मन्त्रालयको जिम्मा पाएका हुन् । 


१० सदस्यीय मन्त्रिमण्डलमा उदयपुर २ (क)बाट निर्वाचित नेकपा (माओबादी केन्द्र)का सांसद मगरलाई पार्टीले दोस्रो पटक मन्त्रीको अवसर दिएको हो । यसअघि केदार कार्की  नेतृत्वको अघिल्लो सरकारमा उनी खानेपानी, उर्जा तथा सिंचाईमन्त्रीको जिम्मेबारीमा थिए । तर, गठन भएको १ महिनामै पार्टीले सरकार छाड्ने निर्णय गर्दै उनलीसँगै अर्का मन्त्रीहरु राजेन्द्र कार्की र गणेश उप्रतीलाई फिर्ता बोलाएको थियो । 


वर्तमान मन्त्रीमण्डलमा एमालेबाट मुख्यमन्त्रीसहित ६ जना रहेका छन् । माओबादीबाट ३ मन्त्री र १ राज्यमन्त्री बनेका छन् । गणेश उप्रेती (सुशील) भौतिक पूर्वाधार विकासमन्त्री भएका छन् भने राजेन्द्र कार्की स्वास्थ्यमन्त्री बनेका छन् । माओबादीकी बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण राज्इमन्त्री बनाइएको छ । 


एमालेका तर्फबाट मन्त्री हुनेमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा रामबहादुर मगरलाई दिइएको छ भने आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई दिइएको छ । त्यसैगरी खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीलाई पठाइएको छ । सामाजिक विकास मन्त्रालय पाँचकर्ण राईलाई दिइएको छ भने उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् । 


एमालेकी सिर्जना राईलाई मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्री बनाइएको छ । यसअघि वैशाख २७ गते मुख्यमन्त्री हिक्मत कार्कीले एमालेबाट राम राना र माओवादीबाट गणेश उप्रेतीलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।