ठाँटीमा स्काभेटर पल्टेपछि सडक अवरुद्ध

११ महिना अघि

२0८१ बैशाख २३ आईतवार
ठाँटीमा स्काभेटर पल्टेपछि सडक अवरुद्ध

उदयपुर, वैशाख २३

कटारी नगरपालिका ११ को ठाँटी भञ्ज्याङमा स्काभेटर पल्टेपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध हुन पुगेको छ । सिराहा र उदयपुरदेखि माथिल्लो सगरमाथाको ओखलढुङ्गा, सोलुखुम्बु जोड्ने लोकमार्गको ठाँटीमा आईतबार विहान ७ः०० बजे जस्तो समयमा स्काभेटर पल्टेर सडक अवरुद्ध भएको हो । 

 

कटारीदेखि घुर्मीतर्फ ट्रकमा राखेर लादै गरेको स्काभेटर उकालोमा खसेर बीच सडकमा पल्टिएको स्थानीय कुमार प्याकुरेलले बताए । स्काभेटर बोकेर जाँदै गरेको ना १ क ७३२३ नं. को मालबाहक ट्रक उकालोमा चढ्न नसकेर असन्तुलन हुन पुगेपछि स्काभेटर खसेर बीच सडकमा पल्ट पुगेको प्याकुरेलले बताए । 


सोही खण्डको सडक मर्मत गर्न घुर्मीतर्फ स्काभेटर लादै गर्दा घुटना भएको चालक सुशील राज खत्रीलाई उद्धृत गर्दै प्याकुरेलले बताए । खत्री भने सकुशल रहेका छन् । सडक सुचारु गर्न स्काभेटर उठाउनुपर्ने भएकाले अर्को स्काभेट मगाइएको छ । ् स्काभेटर खसेपछि विहानदेखि सिराहा र कटारी हुँदै घुर्मी, ओखलढुङ्गातर्फ जाने र त्यताबाट यता आउने सयौँ सवारी साधन सडकमा जाममा परेका छन् । 


दुईतिर भिरालो छाँगा र बीचमा सानो गोरेटो रहेको भञ्ज्याङ भएर निर्माण गरिएको सडकको ठाँटीमा यस्ता सवारी दुर्घटना पटकपटक हुँदै आएको छ । दुवैतर्फ ‘रिटेनिङ वाल’ लगाएर ६ मिटर फराकिलो सडक बनाइएको भए पनि भञ्ज्याङ आउजाउ गर्दा उकालो र ओरालोमा सवारी साधन चिप्लेर दुर्घटनामा पर्ने गरेका छन् ।