भातिखर्कमा आगलागीबाट घर ध्वस्त

४ महिना अघि

२0८१ बैशाख २0 बिहीबार
भातिखर्कमा आगलागीबाट घर ध्वस्त

उदयपुर, वैशाख २०

बिहीबार मध्यान्ह भएको आगलागीमा परी त्रियुगा नगरपालिका १३ भातीखर्कस्थित जगतबहादुर राईको घर जलेर नष्ट भएको छ । विहान ११ः३० बजेजस्तो समयमा एकासी उब्जेको आगोले काठले बनेको टालेको छाना भएको २ तले घर जलेर नष्ट भएको हो । 


आगाले राईको घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाबर्तनलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । समयमै प्रहरी र दमकल पुगेका कारण आगलागीबाट मानवीय र चौपाया क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


आगो त्रियुगा नगरपालिकाबाट गएको दमकलसहितको प्राविधिक टोली र स्थानीयको सहयोगमा मध्यान्ह १२ः३० बजेसम्म नियन्त्रणमा आएको छ । आगलागीबाट राईको २ लाख बराबर क्षति भएको प्रारम्भिक रिपोर्ट प्रहरीले दिएको छ ।