लिमचुङबुङमा डढेलोले २५ परिवारको क्षति 

४ महिना अघि

२0८१ बैशाख १९ बुधबार
लिमचुङबुङमा डढेलोले २५ परिवारको क्षति 

उदयपुर, वैशाख १९

लिमचुङबुङ गाउँपालिका ५ को जाँतेमा गएको ३ दिनमा दुईदर्जन बढी घरधुरी परिवार आगलागीको पीडामा परेका छन् । गएको सोमबारदेखि बुधबार विहानसम्म स्थानीय जङ्गलमा लागेको डढेलोबाट साविक जाँते ग ाविसका विभिन्न ठाउँमा १५ घर १० गोठ जलेर धनमाल र चौपाया पशु नष्ट भएका छन् । 


वनमा लागेको डढेलोको आगो उम्केर घर गोठ जल्दा करोड बढीको क्षति भएको  वडाध्यक्ष कविचन्द्र राईले ेबताए । उनका अनुसार बुधबार विहानसम्ममा हिम्मा, भोब्लुङ, सल्लेरी, धुकुर्थुम, भार्के, लोख्रिम, डाङ्सिन्टार, टोड्के, चौलाने र मिनासिखामा आगलागीबाट १५ परिवारको घर, मतान जलेर अन्नपात, लत्ताकपडा, सुनचाँदी, नगद नष्ट भएको छ । त्यस्तै १० वटा गोठ जल्दा बाख्रा खसी क्षति भएको उनले बताए । 


सोमबार रातिदेखि र मङ्गलबार रातिसम्म दर्जन घर गोठ जलाएर क्षति पु¥याएको डढेलोले बुधबार विहान थप घर जलाएको छ । आगलागीबाट हिम्माका भीमबहादुर कार्की, मदनबहादुर खड्का, वीरबहादुर र खड्काको घर सोमबार विहान नष्ट गरेको थियो । त्यस्तै मङ्गलबार लोख्रिमका कटकबहादुर कार्की, नरबहादुर राई, जितबहादुर थापाको घर जलाएको छ । 


त्यसैगरी धुकुर्थुमका सरिता राई, नवराज खत्री, जसजित राई, डिगराज राई र अमृतकुमार राईको घर जलेको छ भने नरबहादुर राईको गोठका २ वटा बाख्रासमेत जलेर मरेको बताए । त्यस्तै डाङ्सिन्टारका हिरा विकको घर र छविलाल विकको गोठ जलेको उनले बताएका छन् । 


टोड्केका रंगबहादुर विकको गोठ जल्दा ४ वटा खसी मरेका छन् भने मिनासिखाका अमृत तामाङ, गम्भीरजङ कार्कीको घर जलेको छ भने सोही ठाउँका मेतरमान कार्कीको लत्ताकपडा जलेको छ । भार्केका तेजुमाया तामाङको मतान, मानबहादुर तामाङको मतान र गोठ, गंगाबहादुर तामाङ र रमेश तामाङको गोठ जलेर क्षति पुगेको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङका अनुसार आगोले सबभन्दा बढी क्षति मदन खड्काको २३ लाख ४५ हजारबराबर गरेको छ । सबभन्दा कम मेतरमान कार्कीको १० हजार बराबरको लत्ताकपडा जलाएको छ । भीमबहादुर कार्कीको घर, घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपातसहित ६ आना सुन, ५० हजार नगद, १० तोला चाँदी पनि जलेको छ । त्यस्तै मदन खड्काको ३ तोला सुन, ४ लाख ५० हजार नगद, ३० तोला चाँदीसमेत जलेको छ भने कटकबहादुर कार्कीको २ वटा बाख्रा र १७ हजार नगदसहित घरभित्रका सबै धनमाल जलेको छ । 


अन्य पीडितहरुको १ लाखदेखि १२ लाखसम्मको क्षति पुगेको गुरुङले बताए । उनका अनुसार आगलागीबाट करिव १ करोड ५ लाख ८० हजार बराबरको क्षति भएको छ । आगोले उयदपुरमा दिनहुँजसो घर जलेर धनमाल नष्ट हुने क्रम जारी रहेकोले सबैलाई सतर्क रहन आग्रह गरिएको उनले बताए । 


आगो निभाउन सशस्त्र प्रहरी  

लगातार २ सातादेखि आगलागीको घट्ना हुदै आएपछि सदरमुकामबाट सशस्त्र प्रहरी टोली पठाइएको छ । डढेलोले दिनहुजसो घर, गोठ जलेर क्षति हुन थालेपछि आगो निभाउन स्थानीयले सुरक्षाकर्मीको माग गरेका थिए । उनीहरुको माग अनुसार सशस्त्र टोली पठाइएको हो । 


 १० जना सशस्त्र प्रहरी टोली घट्नास्थल पुगेर स्थानीयहरुलाई आगो नियन्त्रण गर्न सघाईरहेको स्थानीय पूर्ण कोईरालाले बताए । उनका अनुसार गाउँले, शिक्षक, कर्मचारी, विद्यार्थी र इलाका प्रहरी लिमचुङबुङबाट आएको प्रहरी मिलेर गर्दा पनि आगो नियन्त्रण नभईरहेका बेला सशसत्र आएर सर्घारहेका छन् ।  


लिमचुङबुङ र रौतामाई गाउँपालिका बीचमा पर्ने खिखिमा खोला जङ्गलमा लागेको डढेलो फैलिदै गएर माथिल्लो हिम्मामा सोमबार दिउसो ३ घर जलाएको डढेलो टोड्के मुनि हुँदै सल्लेरी, कपासे, भोब्लुङ, लोख्रिम, धुकुर्थुम, डाङ्सिन्टार, भार्के हुँदै मिनासिखा पुगेर क्षति गरेको हो । 


गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले जाँतेमा धेरै ठाउँ क्षति भए पनि डढेलो अन्यत्र नफैलियोस् भनेर नियन्त्रण गर्न सशस्त्रले सहयोग गरिरहेको बताए । उपाध्यक्ष राईले बुधबार कार्यपालिका बैठक राखेर जाँतेलाई आपतकालीन वडा घोषणा गरेर डढेलो नियन्त्रण र राहत वितरण कार्यक्रम ल्याउन लागेको बताउका छन् । उनले  पीडितहरुलाई प्रारम्भिक राहत पनि वितरण गर्न थालेको बताएका छन् । 


वैशाख ८ गते पहिलो पटक जाँते चौलानेका डढेलोको आगो बस्ती पसेर ३ घर क्षति भएको थियो । स्थानीय हुरुङमा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा फैलिएको आगोले अशोक राई र बयानसिंह राईको घर, मतान, गोठ र कुखुरा बाख्रा खोर नष्ट भएका थिए भने  कुमार राईको मतान र गोठ ध्वस्त हुँदा ७ लाख बराबरको क्षति भएको थियो ।