डढेलोको आगो बस्ती पस्दा लाफागाउँ हिम्मामा ३ घर खरानी

४ महिना अघि

२0८१ बैशाख १७ सोमबार
डढेलोको आगो बस्ती पस्दा लाफागाउँ हिम्मामा ३ घर खरानी

उदयपुर, वैशाख १७

पछिल्लो समय उयदपुरमा दिनहुँजसो आगलागीबाट घर जलेर धनमाल नष्ट हुने सिलसिला जारी छ । भर्खर मात्र जिल्लाको पहाडी गाउँपालिका रौतामाई ३ को हिम्मामा सोमबार विहान आगलागी हुँदा २ घर र मध्यान्ह सोही ठाउँका गोपाल कार्कीको घर ध्वस्त भएको छ । खड्का र बुढाथोकीको भन्दा केही तल चिहानघारी नजिकै रहेको कार्कीको घर जङ्गल छेउमै रहेकाले सहजै आगोले भेटेको स्थानीयको भनाई छ ।  


स्थानीय उमेश चामलिङका अनुसार सोमबार ११ः०० बजे जस्तो समयमा जङ्गलमा लागेको डढेलोको झिल्को सल्केर माथिल्ला हिम्माका मदन खड्का र मौलबहादुर बुढाथोकीको घर, गोठ जलेर नष्ट भएको हो । माथिल्ला हिम्मा लिमचुङबुङ ५ जाँते हिम्मासँगै जोडिएको सीमा भए पनि रौतामाई ३ लाफागउँ पर्छ । 


हिम्मा र लाफागाउँ बीचको जङ्गल सिरानमा रहेको सो बस्तीमा डढेलोकै झिल्का सल्केर उनीहरुको घरमा आगलागी भएको स्थानीयको भनाई छ । आगलागीबाट घर, गोठसँगै बाख्रा र कुखुराको खोर पनि जलेर ध्वस्त भएको खवर आएको छ । तर, क्षतिको यकिन विवरण्या भने प्राप्त भईनसकेको स्थानीयले बताए । 


जिल्ला प्रहरी कार्यालय उदयपुरले घट्नाको पुष्टि गर्दै उद्धारका लागि प्रहरी टोली पठाइएको जनाएको छ । प्रहरी प्रमुख एसपी रमेश थापाले इलाका प्रहरी कार्यालय भुट्टारबाट सहायक प्रहरी निरीक्षकको कमाण्डमा टोली पठाएर उद्धार कार्यमा खटाइएको बताए । उनले आगो लाग्नुको कारण र क्षति विवरण पत्ता लाग्न केही समय लाग्ने बताएका छन् ।