माओबादी मजदुर पार्टी पुनर्गठन

५ महिना अघि

२0८१ बैशाख १३ बिहीबार
माओबादी मजदुर पार्टी पुनर्गठन

उदयपुर, वैशाख १३

माओबादी मजदुर पार्टीले केन्द्रीय समिति विघटन गरेको जनाएको छ । ०८१ वैशाख ११ गते सम्पन्न बैठकले केन्द्रीय संगठन समिति विघटन गरी नयाँ समिति पुनर्गठन गरेको विज्ञप्तीमार्फत जानकारी गराइएको छ । 


पार्टी महासचिव हिमालसिंह राईले बुधबार जारी गरेको विज्ञप्तीमा केन्द्रीय संगठन समितिे बैठकले समिति बिघटन गरी पुनर्गठन गरेको उल्लेख गरेका छन् । पार्टीलाई आर्थिक, राजनीतिक, सांगठनिक र व्यवसायिक गतिबिधि गर्ने क्रममा केन्द्रीय व्युरोमाथि प्रहरी धरपकड भएकोमा पनि विज्ञप्र्तीमा भत्र्सना गरिएको छ । 


विज्ञप्तीमा जनाइए अनुसार पार्टी कामको सिलसिलामा संसदबादी सरकारको प्रहरीले ०८० चैत ३० गते व्युरो नेतृत्वलाई पक्राउ गरी ०८१ वैशाख ३ गते रिहा गरेसँगै बसेको बैठकले केन्द्रीय संगठन समिति विघटन गरेको हो । वैशाख ११ गते बसेको बैठकले नयाँ समिति गठन गरेको विज्ञप्तीमा जनाइएको छ । 


बर्ग दर्शनको विज्ञानलाई आत्मसात गर्दै अघि बढिरहेको पार्टीलाई पूर्णता दिन हजार पटक समिति गठन, विघटन र पुनर्गठन गर्न तयार रहेको भन्दै विज्ञप्तीमा जनगणतन्त्र र समाजबाद हुँदै साम्यबादी व्यवस्था स्थापनाका लागि हजार वर्षसम्म संघर्ष गर्न तयार रहेको विज्ञप्तीमा जनाइएको छ । 


सर्वहारा, मजदुर, उत्पीडित, उपेशित बर्गको उत्थान र न्यायका लागि लामबद्ध भएर उभिदै सकारात्मक भूमिका खेल्न पार्टी पङ्ती प्रतिबद्ध रहेको घोषणा पनि विज्ञप्तीमा गरिएको छ । विद्यमान संसदीय व्यवस्थाले गणतन्त्रको जरा उखेल्न जहिलै पनि तयार रहेको भन्दै विज्ञप्तीमा जस्तोसुकै असहज र प्रतिकुल अवस्थामा पनि जनताको साथ लिएर पार्टी हिड्दा जोखिम मोल्दै न्यायको झण्डा फहराईरहन तयार रहेको शंखनाद पनि गरिएको छ । 

 

विश्वस्त सुत्रका अनुसार पार्टी महासचिवमाथि प्रहरी धरपकड हुँदा असहयोग गर्ने नेताहरु विज्ञटनसँगै निस्कासनमा परेका छन् । व्युरो नेतृत्व पक्राउ पर्दा सहयोग गर्नुपर्नेमा गलत कुरा गरेर भ्रम सिर्जना गरेको पाइएपछि उनीहरुलाई निस्कासन गर्न संगठन समिति नै विज्ञटन गरेको स्रोतको दावी छ । यद्यपी यस विषयमा भने विज्ञप्ती मौन रहेको छ ।