६ महिना अघि
२0८१ बैशाख १२ बुधबार
बिन्द्र राई/ माझखर्क
उदयपुर,बैशाख१२
उदयपुरमा कोशी प्रदेश स्तरीय तेस्रो औधोगिक बृहत् प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ सुरु भएको छ । मेहनत सृजना उत्पादन र वस्तु मेरै नेपालको प्रयोग गरौ उधोग गरौ स्वदेशी बस्तुको प्रयोग गरौ नेपाली भएकोमा गर्व गरौ" भन्ने मुल नाराको साथ बुधबारदेखि नेपाल घरेलुु तथा साना उधोग महासंघ तथा उदयपुर जिल्ला महिला उधमीको आयोजनामा जिल्ला कृषि ज्ञान केन्द्र , घरेलुु साना उधोग, भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लगायतका सहकार्यमा महोत्सव सुरु गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशको उपसभामुख सृजना दनुवारले आर्थिक समृद्धि र बिकासका लागि आन्तरिक उत्पादन र प्रयोगमा जोड दिनुपर्ने बताईन् । दनुवारले आन्तरिक उत्पादन बिकास निर्माणका लागि महत्त्वपूर्ण मियो रुपमा रहेको जनाउदै त्यसका लागि घरेलु उधोग कलकारखाना निर्माण र निर्यातमा जोड दिनुपर्ने र त्यसका लागि राज्यले जोड दिईरहेको बताइन् ।
उधोग कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले महोत्सवलाई सम्बोधन गर्दै कृषिलाई उत्पादन संगै उधोगमा जोड दिनु पर्ने बताएका छन् ।
मन्त्री खत्रीले उधोग कलकारखाना बिकासको मुल आधार रहेको उल्लेख गर्दै कलकारखाना, कृषि र उधोग बिना बिकासको परिकल्पना गर्न नसकिने बताए । नेपाल अधिक्तम निर्यात रोक्न र परनिर्भरता कम गर्न कृषिको बिस्तार उधोग कलकारखाना संचालन जोड दिनु पर्ने बताए । उनले अस्थिर सरकार र संरचनालाई इङ्गित गर्दै हाम्रो सपना विकास निर्माण र समृद्धिको लागि कर्मचारी तन्त्र ईमान्दारी र दृढतासाथ अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
प्रदेशमा पशुहरुमा खोरेत रोगमुक्त क्षेत्र घोषणा कार्यक्रम तथा समतामूलक कृषि अनुदान बितरण कार्यक्रममा समस्या र गुनासोहरु बढीरहेको उल्लेख गर्दै कृषि अनुदान कार्यक्रममा ब्याजदर लगाउने बिषयमा मन्त्रालयमा छलफल भईरहेको बताए । नेपाल घरेलुु तथा साना उधोग महासंघ उदयपुरको अध्यक्ष मधुकर थापाले अर्गानिक आन्तरिक उत्पादन र औधोगिकरण संगै बजारीकरण र निर्यातमा जोड दिने उदेश्यले तेस्रो प्रदेश स्तरीय महोत्सवको आयोजना गरिएको बताए ।
महोत्सवमा विभिन्न जिल्लामा अर्गानिक घरेलु स्थानीय स्तरमा उत्पादन गरिएका ढाका कपडा ,खुकुरी, बेसार, बासको हस्तकला सामाग्री,अचार,लगायत स्थानीय परिकार, कोदोको पिठोको मोमो, रोटी , तोङ्बा, लगायतका विभिन्न स्थानीय स्तरमा उत्पादन गरिएका बस्तुहरुका स्टलहरु राखिनुका साथै सरकारी कार्याल प्रमुख, राजनीतिक दल, लगायत विभिन्न संघसस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए । एक हप्ता सम्म महोत्सव संचालन गरिने आयोजकले जनाएको छ ।