लिमचुङबुङ ५ जाँते डढेलोको उच्च जोखिममा 

५ महिना अघि

२0८१ बैशाख ११ मंगलवार
लिमचुङबुङ ५ जाँते डढेलोको उच्च जोखिममा 

उदयपुर, वैशाख ११

दुईदिनअघि मात्र २ घर र ३ गोठ जलेर क्षति पुगेको लिमचुङबुङ गाउँपालिका ५ को जाँते पुरै आगलागीको उच्च जोखिममा परेको छ । स्थानीय अशोक राई, बयानसि.ह राई र कुमार राईको घर, मतान र गोठ जलेर क्षति गरेको भोलिपल्टै टोड्के, चौतारे तथा खोस्टुङका बस्तीहरु जोखिममा परेका हुन् । 


लगातार ४ दिनसम्मको स्थानीयको प्रयासपछि अघिल्ले दिन नियन्त्रणमा आएजस्तो देखिएको डढेलो मङ्गबार एक्कासी फैलिदै जङ्गल भरिएपछि टोड्केस्थित जनता मावि रसुवा जाँते र सँगै जोडिएको टोड्के, चौतारे र खोस्टुङ आगलागीको जोखिममा परेका हुन् । 


मावि रसुवा जाँतेका शिक्षक कुम्भराज राईका अनुसार स्थनीय हुरुङ्मा सामुदायिक वन उपभोक्ता समूहको जङ्गलको पैmलिएको डढेलो अहिले विद्यालय मुनिसम्म आईसकेको छ भने चौतारे र टाड्केमुनिका सबै जङ्गल डढेर सखाप भईसकेको छ । त्यसैगरी तल्लो चौतारी हुँदै खोस्टुङतर्फ फैलदै गएको  छ। 


आगो फैलदै गएर बस्ती जोखिममा परेपछि स्थनीयवासी जुटेर आगो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय युवा निरबहादुर राईले बताए । उनीहरुले टोड्के, चौतारे र खोस्टुङका २५ घरधुरी परिवार उच्च जोखिममा परेकाले बचाउका लागि स्याउला, पानी लिएर घरको धुरीधुरी चढेर पहरा दिईरहेका छन् । स्थानीय रुवातो पाखामा लागेको डढेलोले तल्लो चौतारेका २ घर र खोस्टुङका २९ घरधुरी परिवार आगलागीको उच्च जोखिममा पारेकाले बचाउका लागि सबै गाउँले लागिरहेको राईले बताए । 


दिउसोसम्ममा धेरै डढेलो नियनत्रणमा आईसकेको भए पनि कुनै पनि हावाहुरी चर्को गरी चलिरहलको कुनै पनि बेला फेरि डढेलो पैmलिएर घरमा आगलागी हुने जोखिम भने उत्तिकै रहेर्को राईले बताए । अघिल्लो दिन नै नियन्त्रणमा आईसकेको डढेलो फेरि फैलिएर डढेलो चर्केकाले स्थानीयहरु त्रसित हुन पुगेका हुन् ।
 

डढेलो नियन्त्रण गर्नका लागि गाउँलेबाट मात्र संभव नहुने भन्दै स्थानीयले वन कर्मचारी र प्रहरी प्रशासनको सहयोग मागेका छन्े । तर, डिभिजन वन कार्यालय कटारीका प्रमुख अनिरुद्र साह पटकौको प्रयासमा सम्पर्कमा नआएको उनीहरुको गुनासो छ । डढेलो नियन्त्रण गर्न प्रत्येक घरधुरीबाट कम्तीमा १ जना खटेर  प्रयास गरिहेको तर, संभव नभएपछि वन कर्मचारी तथा प्रहरी प्रशासनको सहयोग चाहिएको वडाध्यक्ष कविचन्द्र राईले बताए । 


वडाध्यक्ष राईका अनुसार डिभिजन वन कार्यालयले बेवास्ता गरेका कारण डढेलो नियन्त्रण गर्न गाह्रो भएर गाउँ नै जोखिममा परेको छ । विहानदेखि खटेका स्थानीयले स्थानीय रुवातो पाखाको डढेलो नियन्त्रण गरेर तल्लो चौतारेका घरहरु सुरक्षित गर्न सफल भए पनि माथिल्लो चौतारे, खोस्टुङ र टोड्के अझै जोखिममुक्त भईसकेका छैनन् । 


जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले स्थानीयको माग अनुसार इलाका प्रहरी कार्यालय लिमचुङबुङबाट टोली पठाएर आगो नियन्त्रणमा सहयोग गरिहेको र केही हदसम्म नियन्त्रण भएको बताए । एसपी थापाका अनुसार गाउँलेको आग्रह अनुसार सदरमुकामदेखि टोली पठाउँदा समय लाग्ने तथा पर्याप्त जनशक्ति नभएकाले गाउँकै प्रहरी खटाएर स्थानीय उपभोक्तालाई परिचालनमापर्ःत आगो नियन्त्रण गर्न लगाइएको हो । 


प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आगो नियन्त्रणोन्मुख भएको खवर आएको बताए । उृनले स्थानीयले प्रहरी र वन कर्मचारीको माग गरेको तर, भौगोलिक रुपमा टाढा र बिकट भएकाले तत्काल सुरक्षाकर्मी घट्नास्थल पुग्न ढिला हुने र क्षति पनि बेहोर्नुपर्ने भएकाले उपभोक्ता र स्थानीयलाई नै डढेलो नियन्त्रण गर्न आग्रह गरेको बताए ।