शेर्पा संघमा ल्हाद‍‍ोर्जी

५ महिना अघि

२0८१ बैशाख २ आईतवार
शेर्पा संघमा ल्हाद‍‍ोर्जी

गाईघाट, वैशाख २

नेपाल शेर्पा संघ उदयपुरको अध्यक्षमा ल्हादोर्जी शेर्पा चयन भएका छन् । आईतवार सम्पन्न संघको छैठौँ जिल्ला अधिवेशनले ल्हादोर्चीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।


नयाँ समितिको उपाध्यक्षमा तेन्जी शेर्पा छानिएका छन् भने सचिव आङ पासाङ शेर्पा, सहसचिव कल्पना शेर्पा र  कोषाध्यक्ष प्यामलमु शेर्पा चयन भएका छन् ।


अधिवेशनले सदस्यमा जङ्बु शेर्पा  फुरे शेर्पा र पेम्छिरी शेर्पालाई छानेको निर्वाचन समितिले जनाएक‍ छ ।