ओखलढुङ्गामा चट्याङले १ जनाको निधन

५ महिना अघि

२0८0 चैत्र ३0 शुक्रबार
ओखलढुङ्गामा चट्याङले १ जनाको निधन

ओखलढुङ्गा, चैत ३०

वर्षा लागेसँगै हावाहुरी, बाढी पहिरो तथा चट्याङजस्ता प्राकृतिक विपत्तीले मानवीय क्षति हुने गरेको छ । यसै क्रममा वर्षासँगै चट्याङ पर्दा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ४ का ३८ बर्षीय बोमन तामाङको ज्यान गएको छ ।  


विहीबार बेलुका साढे ५ बजे घरमै बसिरहेको अवस्थामा बर्षासँगै परेको चट्याङ लागेर निधन भएको प्रहरीले जनाएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार चट्याङले गम्भीर घाईते भएका तामाङलाई उपचारार्थ स्थानीय स्वास्थ्य चौकी लगिएको थियो । तर, चौकी र्पुयाउना साथ उनको निधन भएको प्रहरीले जनाएको छ ।