लामो दूरीका सवारी साधनमा सिसि र जिपिएस

५ महिना अघि

२0८0 चैत्र २९ बिहीबार
लामो दूरीका सवारी साधनमा सिसि र जिपिएस

गाईघाट, चैत २९

उदयपुरबाट लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनहरुमा क्ल‍ज सर्किट क्यामेरा (सिसिटिभी) र भौगोलिक आवस्थिक प्रणाली (जिपिएस) जडान गर्न थालेको छ । सवारी दुर्घटना कम गर्न तथा आपराधिक गतिविधि हुन नदिन जिल्ला प्रहरी कार्यालय उदयपुरले सिसिटिभी र जिपिएस अनिवार्य गरेको हो । 


ट्राफिक प्रहरी रयातायात व्यवसायीको संयुक्थ पहलमा सो कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । गाईघाटबाट सञ्चालन हुने लामो दुरीका  उनका अनुसार सार्वजनिक यातायातमा अपराध कार्य हुन नदिन तथा दुर्घट्नन नहोस् भनेर यस्तो कदम चालिएको हो ।


एसपी थापाले गाईघाटबाट आउजाउ गर्ने लामो दूरीका सवारी साधनमा सिसी क्यामेरा र जिपिएस जडान गर्न थालेको र बिस्तारै सबैमा अनिबार्य गर्दै लगिनेछ । जस अनुसार बुधबार  साना ठुला गरी ११ सवारी साधनमा सिसी क्यामेरा र जिपिएस जडान गरिएको छ ।


सार्वजनिक यातायातमा प्रविधिको प्रयोग गर्दै दुर्घट्ना र जनधनको क्षति हुन नदिन यसले  सहयोग पुग्ने प्रहरी बुझाई छ ।