फरार प्रतिबादी पक्राउ

५ महिना अघि

२0८0 चैत्र २८ बुधबार
फरार प्रतिबादी पक्राउ

गाईघाट, चैत २८

यहाँका ७ वर्षदेखि फरार एक प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले किर्ते मुद्धाका फरार प्रतिबादी त्रियुगा नगरपालिका ११ दुर्गाटोलका ३५ वर्षीय मो. समसद बुधबार पक्राउ परेका हुन् ।


जिल्ला अदालत उयपुरको ०७३ साल मङ्सिर ८ गतेको फैसला अनुसार समसदविरुद्ध ११ महिना ७ महिना कैद सजाय सुनाएको थियो । तर, फरार रही लुकिछिपी बसेका उनलाई खोजीको क्रममा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ समसदलाई बुधबारै फैसला कार्यान्वयनका लागि अदालत पठाइएको प्रहरीले जनाएको छ ।