ट्रक पल्टेर अबरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

५ महिना अघि

२0८0 चैत्र २७ मंगलवार
ट्रक पल्टेर अबरुद्ध सिद्धिचरण लोकमार्ग सुचारु

कटारी, चैत २७

मङ्गलबार विहानदेखि अबरुद्ध सिद्धि चरण लोकमार्ग भर्खर खुलेको छ । विहान ५:०० बजे मालबाहक ट्रक बीच सडकमा पल्टेर अबरुद्ध भएको लोकमार्ग स्थानीय, प्रहरी र क्रेनको सहायतामा ट्रक हटाएसँगै खुलेको हो ।

 

मिर्चया-कटारी-घुर्मी-ओखलढुङ्गा जोड्ने लोकमार्गको बेतिनी-घुर्मी खण्डमा पर्ने कटारी नगरपालिका ११ ठाँटी उकालोमा ट्रक पल्टेर सडक अबरुद्ध हुन पुगेको स्थानीय प्रत्यक्षदर्शी कुमार जैशीले बताए । उनका अनुसार मिर्चयादेखि २० टन खाद्दान्न (चामल) बोकेर ओखलढुङ्गातर्फ जाँदै गरेको प्र १-००२-००२ ख ०१९६ नं.को ट्रक उकालोमा गति लिन नसक्दा अनियन्त्रित भएर पल्टेको हो । 

 

बीच सडकमै ट्रक पल्टेर तेर्सिएका कारण सडक अबरुद्ध हुँदा दुईतर्फी आउजाउ रोकिएकाले सवारी साधनको लामो जाम भएको थिगो । सिरहादेखि क्रेन झिकाएर ट्रक हटाएपछि दिउँसो २:०० बजेदेखि सवारी जाम खुलेको हो ।

 

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी सुवास राईले अबरुद्ध सडक खोल्न टाढाबाट क्रेन झिकाउनु पर्काले जाम खोल्न ६/७ घण्टा लागेको बताए । अहिले यातायात आवागमन सहज भईसकेको डिएसपी राईले बतनएका छन् ।