एकै दिन १३ फरार पक्राउ

११ महिना अघि

२0८0 चैत्र २६ सोमबार
एकै दिन १३ फरार पक्राउ

गाईघाट, चैत २६

उदयपुर प्रहरीले विभिन्न मितिमा अदालतबाट दोषी करार भए पनि भाग्दै आएका दर्जन बढीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले फरार सूचिमा रहेका १३ जनालाई सोमबार पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार अदालतको विभिन्न मितिको फैसलाबाट १ महिना २६ दिनको कैद तथा २४ हजार १ सय ११ रुपैया जरिवाना तोकिएका प्रतिबादीहरु पक्राउ परेका छन् ।


फरार प्रतिबादीको खोजी गर्दै पक्राउ गरि सजाय र जरिवाना असुल प्रहरी भियान अन्तर्गत पक्राउ गर्ने कार्यलाई तिब्रता दिदा एकपछि अर्एको सफलता मिल्दै आएको हो । 


पक्राउ सबैलाई सजाय भुक्तानका लागि सोमबार नै उदयपुर जिल्ला अदालत पठाइएको डिएसपी चौधरीले बताएका छन् ।