७ महिना अघि
२0८0 चैत्र १७ शनिबारगाईघाट, चैत १६
नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले सदरमुकाम गाईघाटमा ‘प्रदेशस्तरीय खाना महोत्सव ०८०’ आयोजना गर्ने भएको छ । विगत २ वर्षदेखि गाईघाटमा आयोजना हुँदै आएको खाना महोत्सवको यो तेस्रो सँस्करण हो ।
‘मेहनत, श्रृजना उत्पादन र बस्तु मेरै नेपालको उपयोग गरौँ, उद्यमी बनौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ’ भन्ने नाराका साथ आयोजना गरिने साताव्यापी महोत्सव आउँदो वैशाख १२ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाका अनुसार महोत्सवमा खानाका परिकारसँगै बृहत औँद्योगिक सामग्रीहरुको पनि प्रदर्शन स्टल राखिनेछन् ।
महोत्सवमा स्थानीय रैथाने अन्नबालीका खाना परिकारहरु प्रदर्शन तथा विक्रीका लागि राखिनेछन् । स्थानीय रैथाने अन्नबाली र उत्पादनका उद्योग व्यवसायको प्रबद्र्धन र विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थापाले बताएका छन् । ‘हामे उदेश्य भनेको स्थानीय अन्नबाली, कृषि, पशुपालन र घरेलु उत्पादनको उत्पादन, विक्री वितरण र बजारीकरण नै हो’ महोत्सव आयोजनाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा थापाले भने ‘त्यसैले यो कार्यक्रम विलकुल स्थानीय उत्पादनको प्रबद्र्धनमा केन्द्रित हुनेछ ।’
स्थानीय अन्नबाली, कृषि उपज, पशुपालन र विक्री वितरणलाई बढाउँदै व्यवसायिक उद्यमको विकास गर्न महोत्सवले योगदान पुगोस् भन्ने अभिप्राय महासंघले लिएको छ । जसका लागि महोत्सवले प्रचारप्रसार, उपभोग, बजारीकरण र व्यवसायीकरणमा टेवा पु¥याउन सकोस् भन्ने लक्ष्य आयोजकको छ ।
महोत्सवले जिल्लाको औद्योगिकक्षेत्रमा विकास गर्ने, विद्यमान समस्याको पहिचान गरी समाधान गर्ने तथा व्यवसायीकरण र प्रचारप्रसारमा मद्धत गर्नसक्ने आयोजकको अपेक्षा छ । कृषि, फलफुल, जडिबुटी, पशुपंछी, कच्चा पदार्थ, खनिज र पर्यटनको विकासका लागि आवश्यक प्रचुारप्रसार पनि यसले गर्नेछ ।
्प्रदेशस्तरीय महोत्सव भएकाले १ नं. प्रदेशका सबै जिल्लाका औद्योगिक व्यवसायीहरुलाई आमन्त्रण गरिने पनि महासंघले जनाएको छ । १४ वटै जिल्लामा क्रियािसिल लघु तथा घरेलु उद्यमी, व्यवसायहरुबाट उत्पादित सामग्री र उपभोग्य वस्तु प्रदर्शन तथा विक्री वितरण गर्नेगरी महोत्सवमा स्टलको व्यवस्था मिलाइने छ । त्यसैगरी बिभिन्न जातजाति र समुदायका पराम्परागत खानाका परिकारलाई प्राथमिक्ता दिएर महोत्सव सञ्चालन गरिने छ ।
महोत्सवमा शैक्षिक गतिबिधिको पनि प्रदर्शनी गरिने छ । जस अनुसार विभिन्न विद्यालय तथा शैक्षिक संस्थामा अध्यनरत विद्यार्थीबाट निर्मित, उत्पादित कृषि, वन तथा जडिबुटी, पर्यटन, विज्ञान प्रविधि, हस्तकला तथा स्थानीय कच्चा पदार्थको प्रदर्शनी गर्न दिइनेछ । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु राखिने र सबै निःशुल्क हुनेछन् ।
्
महासंघका अनुसार उदयपुरमा ५ हजार ३ सय हाराहारी सङ्ख्यामा उद्योग दर्ता छन् । तर, सञ्चालनमा भने १ हजार ५ सय हाराहारी मात्र छन् । अधिकतर उद्योगहरु भने दर्ता भए पनि सञ्चालनमा नआएका र सञ्चालनमा आएका कतिपय उद्योगहरु पनि कोविड कहरपछि सुचारु हुन नसकेर निस्कृय रहेको घरेलु तथा साना उद्योग कार्यालय गाईघाटले जनाएको छ ।
उदयपुरमा यसअघिका २ वर्षअघि पहिलोपटक नेवाः पुचः उदयपुरले गाईघाट बजारमा खाना महोत्सव आयोजना गरेको थियो । गतवर्ष पनि पुचःले घरेलु महासंघसँगको साझेदारीमा दोसो खाना महोत्सव आयोजना गरेको थियो । तेस्रो महोत्सव भने यसवर्ष महासंघले पुचःलगायत विभिन्न संघसंस्थासँगको साझेदारीमा आयोजना गर्न लागेको हो ।