एमाले उदयपुरको लगाम राउतको हातमा 

५ महिना अघि

२0८0 चैत्र १५ बिहीबार
एमाले उदयपुरको लगाम राउतको हातमा 

उदयपुर, चैत १५

सत्तारुढ दल नेकपा (एमाले) उदयपुरको अध्यक्षमा भागवत राउत विजयी भएका छन् । मंगलबार सुरु भएर विहीबार मतदात प्रक्रियामार्फत चयन भएको १ सय ५ सदस्यीय जिल्ला कमिटीको लगाम राउतको हातमा परेको हो । 


अध्यक्षका लागि ५ जनाले मनोनयन दर्ता गरेकोमा सर्वसम्मत हुन नसकेपछि यसअघिका अध्यक्ष प्रमेश घिमिरे र राउतबीच प्रतिस्पर्धा हुँदा राउतले झण्डै दोब्बर मत लिएर बाजी मारेका हुन् । बिहीबार साँझ प्राप्त मतपरिणाम अनुसार राउत ३ सय ४४ मतका साथ अध्यक्ष भएका छन् भने घिमिरेलाई २ सय ३० मत प्राप्त भएको छ । 


उपाध्यक्षमा कालु लामाले १ सय ९२ मत पाएर विजयी भए भने प्रतिस्पर्धी दिलबहादुर तामाङले १ सय ८३ मत प्राप्त गरेका छन् । अर्का प्रतिस्पर्धी भरत थापाले १ सय ३७ मत पाए । सविमा टेकबहादुर राउत १ सय ९१ मत पाएर  विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी शम्भु पौडेलले १ सय ८३ मत पाउँदा अर्का प्रत्यासी महेश रोक्काले १ सय ४० मत पाएका छन् । 


उपसचिवमा पुरुषतर्फ हेम खड्का १ सय ९४ मतका साथ विजयी भएका छनन् भने जीवनाथ दाहाललाई १ सय ८ मत परेको छ । अन्य स्पर्धीहरु मन्दिप राई ९३, दुर्गानन्द चौधरी ५३ र धर्म तामाङले ४६ मतमा चित्त बुझाउनु परेको छ । उपसचिवमै महिलातर्फ गङ्गा राई २ सय ६० मतका साथ जितेकी छिन् ।   महेश्वरी राई र गीता खड्का क्रमशः १ सय ४९ र१ सय २५ मत पाएको निर्वाचन अधिकृत गणेश सापकोटाले बताए । 


अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गरेको सापकोटाको भनाई छ । अधिवेशनमा ५ सय ३५ प्रतिनिधि मतदाता थिए भने ५ सय ८० मत खसेको थियो । जिल्ल कमिटीका अधिकतर सदस्य निर्विरोध चयन भएको सापकोटाले बताए । 


अध्यक्षमा पराजित घिमिरे यसअघिका अध्यक्ष हुन् विजयी राउत जिल्ला कमिटी सचिवालय सदस्य । अध्यक्षमा ५ जनाले उम्मेदवारी दिएर सर्वसम्मतको प्रयास भएको थियो । केन्द्रले सकेसम्म सर्वसम्मत नेतृत्व नयन गर्न नसके प्यालन खडा गर्न नदिएपछि अध्यक्षका आकांक्षीहरु पूर्व उपाध्यक्ष बिमल कार्की, सचिवालय सदस्य गोपाल खत्री र पूर्व जिल्ला समन्वय प्रमुख खड्ग परियारले उम्मेदवारी फिर्ता लिएका थिए ।