सुन नदीमा डुबेर बेपत्ता बालिका फेला 

६ महिना अघि

२0८0 चैत्र १४ बुधबार
सुन नदीमा डुबेर बेपत्ता बालिका फेला 

उदयपुर, चैत १४

४ दिनअघि धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता भईरहेका ३ बालबालिकामध्ये १२ वर्षीया रेखा मगर फेला परेकी छिन् । गत आईतबार होली खेलेर नुहाउने क्रममा बेपत्ता भएकामध्ये रेखा घट्नास्थलभन्दा २ किलोमिटर तल सिम्लेस्थित नदी किनारमा फेला परेकी हुन् । 


त्रियुगा नगरपालिका १४ का वडाध्यक्ष हिमराज मगरका अनुसार रेखाको मृत शरीर बुधबार विहान ६ः३० बजे वारिपटि नदी किनारमा तैरिरहेको अवस्थामा फेला परेको हो । शव प्रहरीले उठाएर पोष्टर्माटमका लागि सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल ल्याउँदैछ । 


हराईरहेका ३ मध्ये अघिल्लो दिन ९ वर्षीय रिदम मगर मृत फेला परेका थिए । उनी घट्नास्थलदेखि अव एकजना अझै फेला परेको वडाध्यक्ष मगरले बताएका छन् । हराईरहेका तीनमध्ये १२ वर्षीय लोकबहादुर मगर भने अझै फेला परेका छैनन् । 


उनको खोजी कार्य जारी रहेको छ । नदीमा डुबेका तीनैजना त्रियुगा नगरपालिका १४ साउने बजारका हुन् । होलीका दिन विहानैदेखि रङ खेलिरहेका उनीहरु घरदेखि ६ किलोमिटर तल धाब्लाङ पुगेर नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका थिए ।