एमाले उदयपुर नवौँ अधिवेसनमा होमियो

६ महिना अघि

२0८0 चैत्र ११ आईतवार
एमाले उदयपुर नवौँ अधिवेसनमा होमियो

बिन्द्र राई/ माझखर्क
उदयपुर,चैत्र ११


नेकपा एमाले उदयपुरको ९ औं जिल्ला अधिबेशन गाईघाटमा हुने भएको छ । नेकपा एमाले उदयपुरको जिल्ला अधिबेशन प्रचार प्रसार उपसमिति उदयपुरले  शनिबार पत्रकार सम्मेल गरि सङ्गठनको ९ औं जिल्ला  अधिबेशनको बारेमा जानकारी दिईएको हो ।

 


पत्रकार सम्मेलनमा  फागुन १३ र १४ गते  गाईघाटको ईम्पाएर होटल मोतिगडामा  पार्टीको अधिबेशन हुने र त्यसका लागि १२ वटा उपसमिती  गठन गर्नुका साथै  अधिबेशनमा पार्टीको बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेल प्रमुख अतिथिको रुपमा रहनु हुने प्रचार प्रसार उपसमितिले जनाएको छ । 

 

समितीले अधिबेशन संचालनका लागि अनुमानित 15 लाख खर्च हुने र  यसको व्यबस्थापन  प्रचार प्रसारकालागि ,जिल्लाको  पुर्वी प्रबेश द्वार कोशी र पश्चिम  कटारी सम्म तुल ब्यानर प्रचार प्रसार रहने छ । 

 

६३२ प्रतिनिधि रहेको र खाना र बासको ब्यबस्था गरिएको  आयोजकले जनाएको छ । नेकपा एमाले उदयपुरको अध्यक्ष परमेश्वर घिमिरेले  सङ्गठन एकता रहेको उल्लेख गर्नुहुदै अधिबेशनले पदाधिकारी  चयन सर्बसम्मत  गर्ने र केन्द्रको सर्कुलर पनि सर्वसम्मत अनुसार गर्नुपर्ने धारणा रहेको बताए ।

 

घिमिरेले अब  आउने अधिबेशनमा  पदाधिकारीका  आकाङ्क्षी  अधिक्तम  रहेको  तथा  पार्टीलाई एकताबद्द रुपमा अगाडि  बढाउने र  आगामी मिशन ८४ महत्त्वपूर्ण रहेको बताए ।

 


उनले  ६३२ जना प्रतिनिधि छनौट प्रक्रिया भएको र केही क्षेत्र रहेको र बाकी 9५ % सम्पन्न भएको बताए । उनले नारा गतिशिल सङ्गठन, कृयाशिल सदस्य ,बिकासको सम्बाहक र सामाजिक रुपान्तरणमा नेकपा एमाले, नेकपा एमाले उदयपुरमा कम्युनिस्ट हाक्ने मध्ये  एक रहेको र उदयपुरको बिकास र राजनीतिक ईतिहासमा र एजेन्डा र भाबी दिनहरुमा, र  पालिकाहरुबाट उदयपुरबाट सङ्गठनमा गरेको योगदानका आधारमा गाउँ पालिका र नगर बाट  ३ र ५ जनालाई सम्मान गरिने छ ।

 


विशेष गरि युवाहरुलाई समेट्ने १५% सहभागीता  र समाबेशीता रहने छ ।संसङ्गठनको कोहि कसैसँग तित्तता वैमनस्यता र मतभेद  नरहेको  र सङ्गठनले एकताबद्व  भएर अगाडि बड्ने   नीति लिएको  बताए ।