वडाले स्थानीयलाई तीन लाख बराबरको बिउबिजन बितरण

६ महिना अघि

२0८0 चैत्र ९ शुक्रबार
वडाले स्थानीयलाई तीन लाख बराबरको  बिउबिजन बितरण


बिन्द्र राई/ माझखर्क
उदयपुर, चैत्र ९
उदयपुरको त्रियुगा नगरपालिका -१० बोक्सेले स्थानीय उपभोक्ता तथा कृषक समुदायलाई तरकारीको बीउबिजन बितरण गरेको छ ।

 

त्रियुगा नगरपालिका -१० बोक्सेको सहकार्यमा करेसाबारी तरकारी खेती तथा माटो परिक्षण उपभोक्ता समितीको आयोजनामा शुक्रबार  स्थानीय उपभोक्तालाई  स्थानीय स्तरबाट नै  तरकारी उत्पादनलाई अभिबृद्धी तथा तरकारी पकेट क्षेत्र बनाउने उदेश्यको साथ नगदे हाईब्रीड  जातको तरकारीको बिउबिजन  बितरण गरिएको हो ।


 
 त्रियुगा नगरपालिका -१० बोक्सेको वडा अध्यक्ष किरण पाण्डेले स्थानीय स्तरबाटै अर्गानिक स्वस्थ तरकारी उत्पादन र वडालाई तरकारी पकेट क्षेत्रको रुपमा अगाडी बढाउन तथा चिनाउनका लागि स्थानीय उपभोक्तालाई हाईब्रीड जातको तरकारीको बीउ बितरण गरिएको बताए ।

 

पाण्डेले अब नगदे तरकारी बालीनाली संगै अन्य उत्पादनलाई वडाले कृषि क्रान्तिको अबधारणाको  रुपमा अगाडी बढाईदै लगिने बताए ।

 

त्यसको लागि  समग्र वडानिवासी एकजुट भएर अगाडी बढेको र टोलबिकास सस्थाभित्र आबद्ध रहेका १८  शय २७ घर धुरी संख्यालाई बिउबिजन पुग्ने गरि  बितरण गरिएको उनको भनाई छ । 

 

 तीन लाख बराबरको लागतमा खरिद गरिएको  हाईब्रीड जातको  बिउबिजन फर्सी,बोडी ,घिरौला, करेला, काक्रा, लौका रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

 

वडाको अध्यक्ष  हिमाली,बरुवा,करमगाछी,ईन्द्रीणी, यलम्बरल लगायत  ३१ वटा टोलबिकास सस्थाको संयोजक, अध्यक्ष,प्रतिनिधि स्थानीय बासीहरुका उपस्थितिमा टोलबिकास  सस्था भित्र रहेका घरधुरी संख्याको आधारमा ६ प्रकारको बिउबिजन प्रती गोटा  १०  ग्रामका  दरले  १२ शय ९४ प्याकेटहरु बितरण गरिएको प्रतिबेदनमा उल्लेख  छ  ।

 

१० नम्बर वडामा३१ वटा  टोलबिकास सस्थाभित्र आबद्ध रहेका १८ शय २७घरधुरी संख्यालाई बीउ पुग्ने गरि  बितरण  गरिएको आयोजकले जनाएको छ ।