वन मुद्धाका फरार प्रतिबादी पक्राउ

६ महिना अघि

२0८0 चैत्र ९ शुक्रबार
वन मुद्धाका फरार प्रतिबादी पक्राउ

उदयपुर, चैत ९

वन मुद्धामा १० वर्षदेखि फरार प्रतिबादीलाई यहाँको प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलजलेबाट खटेको टोलीले ११ वर्षअघि अदालतबाट दोषी करार भएपनि फरार रहेका त्रियुगा नगरपािलका ६ मोहनपुरका ३३ वर्षीय दिनेश सदालाई पक्राउ गरेको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर अदालतको २०६९ चैत २६ गतेको इजलासले वन मुद्दामा १ महिना कैद र ११ हजार ५ सय ७२ रुपैँया जरिवानाका फैसला सुनाए पनि फरार सदालाई शुक्रबार पक्राउ गरेको हो । 


पक्राउ सदालाई शुक्रबारै फैसला कार्यन्वयनका लागि जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।