गाईघाटमा जुत्ता चप्पल महोत्सव 

८ महिना अघि

२0८0 चैत्र ८ बिहीबार
गाईघाटमा जुत्ता चप्पल महोत्सव 

उदयपुर, चैत ८

गाईघाटमा जुत्ता–चप्पल महोत्सव सुरु भएको छ । स्थानीय लोकतान्त्रिक (पिपल) चोकस्थित मनकामना विकास बैँक भवनको भुईतलामा बुधबारदेखि सुरु भएको ‘प्रथम जुत्ता–चप्पल महोतसव ०८०’ १ महिनासम्म चल्ने आयोजकले जनाएको छ । 


बुधबार अपरान्ह त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गरेको महोत्सव ‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको हो । महोत्सवमा नेपालका विभिन्न कम्पनीबाट उत्पादित जुत्ता चप्पल प्रदर्शनी तथा विक्री वितरणका लागि राखिएको छ । 


उद्घाटन कार्यक्रममा बोल्दै मेयर बस्नेतले नेपाली बजारमा उत्पादित जुत्ता चप्पल विदेशको भन्दा कम गुणस्तरीय नरहेको भन्दै आफ्नै देशको उत्पादन प्रयोग गर्न सके अर्थतन्त्र बलियो हुने बताए । उनले नेपालीपनको महत्व विदे गएपछि मात्र बुभ्mने भन्दै मेयर बस्नेतले सबैले नेपाली उत्पादनलाई विशेष प्राथमिक्ता दिएर उत्पादनको उपयोग गर्न आग्रह गरे । 


विदेशी ब्राण्डको पछि नलागी नेपाली उत्पादनको उपयोग गर्न सके नेपाली लगानी सुरक्षित हुनुका साथै रोजगारी बढेर युवा विदेश पलायन राक्न सकिने उनको भनाई थियो । यसबाट राजश्व बढ्नुका साथै औद्योगिकरणको विकासमा पनि बढोत्तरी आउने बस्नेतले बताए । 


महोत्सवका संयोजक तथा म्यानुफयाक्चर कम्पनीका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जुत्ता चप्पलमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको बताए । उनले १५ सयभन्दा बढी मूल््यका जुत्ता चप्पल खरिद गर्दा होलीको टिसर्ट निःशूल्क पाउने अफरजस्ता आकर्षण पनि रहेको छ । यो अफर भने आगामी १२ गते होली पर्वसम्म मात्र लागू हुने पनि उपाध्यायले बताएका छ्न् । 


गाईघाटका युवा व्यवसायी भुपाल राउतले स्थानीय उपभोक्तालाई सर्वसुलभ मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउन तथा नेपाली उत्पादनको विक्री वितरण र वजारीकरणमा योगदान पु¥याउने उदेश्यले महोत्सव आयोजना गरिएको बताए । नेपालमै असल र टिकाउ जुत्ता चप्पल उत्पादन हुने थुप्रै उद्योगहरु भए पनि प्रचार प्रसार र वजारीकरण गर्न नसक्दा विदेशी उत्पादनले वजार खाईरहेको हुनाले स्वदेशी उत्पादनको प्रयोग गरी नेपाली उद्यम व्यवसायीलाई बढावा दिन महोत्सवले मद्धत गर्ने अपेक्षा गरिएको राउतले बताए ।