सरकारी किर्ते अभियोगका २ फरार पक्राउ 

६ महिना अघि

२0८0 चैत्र ४ आईतवार
सरकारी किर्ते अभियोगका २ फरार पक्राउ 

उदयपुर, चैत ४

उदयपुर प्रहरीले आईतबार पनि २ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत उदयपुरले किर्ते अभियोगमा कैद सजाय र जरिवाना तोके पनि भाग्दै आएका सदरमुकामका दुईजनालाई पक्राउ गरेको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले किर्ते मुद्धामा अपराधी करार भई फरार रहेका त्रियुगा नगरपालिका १० का भुपबहादुर गौली क्षेत्री र सोही ठाउँका पृथ्वीमान सार्कीलाई पक्राउ गरेको हो । 


अदालतको ०६९ असार १६ गतेको इजलास अनुसार सरकारी दस्तखत किर्ते गरेको अभियोगमा उनीहरुलाई जनही ४ वर्ष कैद सजाय र १ लाख ४० हजार रुपैँया जरिवानाको फैसला सुनाएको छ । 


अदालतको लगत नं. ३७४९ अनुसार सजाय तोकिए पनि भाग्दै आएका उनीहरुलाई खोजवीनको क्रममा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


पक्राउ दुवैलाई फैसला कार्यान्वयनका लागि आईतबारै जिल्ला अदालतको जिम्मा दिइएको छ ।