पथरी शनिश्चरेमा १ महिने साकेला सिली प्रशिक्षण 

६ महिना अघि

२0८0 चैत्र ३ शनिबार
पथरी शनिश्चरेमा १ महिने साकेला सिली प्रशिक्षण 

पथरी, चैत ३

सुनसरीको पथरी शनिश्चरे नगरपालिकामा किरात राई समुदायको साकेला सिली नाच प्रशिक्षण सम्पन्न भएको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को आयोजनामा १ महिने साकेला नाच प्रशिक्षण सम्पन्न भएको हो । 

 

स्थानीय किरात फाल्गुनन्द युमा माङहिमको सभाहलमा भएको प्रशिक्षण कार्यक्रमको शनिबशार एक कार्यक्रमका बीच समापन भयो । वडा कार्यालयको बजेटमा साकेला सिली नाचको प्रशिक्षक पर्वत चाम्लिङ राईले प्रशिक्षण दिएको वडाध्यक्ष नविनजङ कार्कीले बताए । वडाध्यक्ष कार्कीका अनुसार आफ्नो वडामा राई समुदायको बाक्लो बसोबास र बाहुल्यता रहे पनि साकेला सिली नाच्न नजान्ने भएकाले बजेट छुट्याएरै प्रशिक्षण कार्यक्रम संचालन गरेको बता । 


सिली नाच प्रशिक्षणमा स्थानीय राई, लिम्बु, मगर, विश्वकर्मा र भुजेल समुदायका ४५ जना किशोर किशोरीले १ महिनासम्म प्रशिक्षण लिएको प्रशिक्षक चामलिङलेब ताए । समापन कार्यक्रममा प्रशिक्षक चाम्लिङलाई वडाध्यक्ष कार्कीले मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।


समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले सबै समुदायको साँस्कृतिक पक्षलाई संरक्षण गर्ने उदेश्यले वडाको सिलिङ बजेटबाट ५० हजार रुपैयाँ छुुट्टाएर प्रशिक्षण सञ्चालन गरेको उनले बताए । त्यसैगरी चालु वर्ष साकेला सिली नाचका लागि ढोल, झ्याम्टा, चौरीको पुच्छर, खुर्पी (हँसिया) खरिद गर्न ५० हजार बजेट छुट्याई दिने प्रतिबद्धता पनि वडाध्यक्ष कार्कीले जनाएका छन् । 


उनले गत वर्ष लिम्बु समुदायको डाल नाँचबारे प्रशिक्षण कार्यक्रम संचालन गरेको बताउँदै आउने वर्ष मगर समुदायको हुर्रा नृत्य सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने बताए । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, फोनिज मोरङका अध्यक्ष दिनेस सुब्बा र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति थियो ।