उदयपुरमा आगलागीबाट आधा करोड क्षति

६ महिना अघि

२0८0 चैत्र ३ शनिबार
उदयपुरमा आगलागीबाट आधा करोड क्षति

महेश्वर चामलिङ राई 

उदयपुर, चैत ३

 

आज राति भएको आगलागीबाट उदयपुरमा झण्डै आधा करोडको धनमाल नष्ट भएको छ । जिल्ल्को रौतामाई गाउँपालिका ३ भोर्लेनीस्थित नवउदय  सामुदायिक वन उपभोक्ता समूहको जंगलमा लागेको  डढेलो हावाहुरीले फैलाउदा नजिकमा रहेका ६ स्थानीयको घर गोठ जलेर क्षति भएको हो ।

 

डढेलोको आगो बस्तीमा पस्दा सोही वडाका  गाउन राई, मनकुमारी राई,जगत राई, मदन राई, गोबिन्द नेपाली र रामबहादुर राईको गरी ६ वटा घर  र ६ वटा गोठ  पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

आगलागीबाट ४६ लाख बरावरको धनमाल जली क्षति भएको प्रहरीको अनुमान छ । आगलागी नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । 

 

सामुदायिक वनमा लागेको डढेलो पनि नियन्त्रणमा ल्याउन प्रहरी र स्थानीयको संयुक्त प्रयास भईरहेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन् ।